५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू

थैली बोक्ने परम्परा पुरानो हो, आफूसँग भएको मूल्यवान कुरा सुरक्षित ढंगले राख्न यसको प्रयोग गरिन्थ्यो । थैली हाम्रा हजुर आमाहरूले बोक्ने गर्थे । थैली कहिलेदेखि बोक्न थालियो भन्ने एकिन सयम छैन तर यो बोक्ने चलन पुरानै हो । आफ्नो कम्मर वा पटुकीमा हजुरआमाहरूले बोक्ने गर्देथ्ये । चाँदीका र तामाका पैसा वा आफूसँग भएको बहुमूल्य धातु राख्न पनि थैली बोक्ने चलन थियो । सबैभन्दा सुरक्षित र भरपर्दाे माध्य नै थैली हुन्थ्यो । आजभोलि सामान्य पैसा राख्न मात्र होइन कि फेसन देखाउनका लागि अहिलेका युवा–युवतीको ध्यान थैलीले तानेको छ । यति मात्र होइन प्राय:जसो सबै पर्यटकीय स्थलहरूमा थैलीको व्यवसाय पनि निकै फस्टाउन थालेको छ ।
थैली नेपालीले त बोक्छन् । अहिले विदेशी पर्यटकको ध्यानसमेत थैलीले तान्न थालेको पाइन्छ । विभिन्न पर्यटकीय क्षेत्रहरूमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकसमेत नेपालमा बनेको थैली खरिद गरी आफ्नो जन्मस्थल नेपालको चिनो स्वरूप लग्नका लागि खरिद गर्ने गरेको भक्तपुर दतात्रेका एक थैली व्यवापारी बताउँछन् । नेपालको हकमा आधुनिक शैलीका ब्याग बजारमा पाइए पनि ६० वर्ष अघिदेखिको परम्परागत थैली व्यवसाय फेरि चलन चल्तीमा आएकोमा व्यवसायीहरू पनि खुसी व्यक्त गर्छन् । बिगतमा थैलीको फेसन केही समय हरायो ता पनि अहिले भने थैलीको फेसन बढेको छ । थैलीलाई आफ्नो व्यक्तिगत प्रयोजन तथा उपहार दिनका लागि पनि यसको व्यापार–व्यवसाय फस्टाउँदै गएको छ । सस्तो मूल्यमा पनि थैली पाइने भएकाले सबै वर्गका मानिसहरू थैली बोक्न थालेका छन् ।