Successfully Copied

हेन्डिक्राफ्ट

कतिपय महिलालाई घरबाहिर गएर रोजगारी गर्न त्यति अनुकूल हुँदैन । घरधन्दा, सरसफाइदेखि बालबच्चा स्याहार्ने कामले उनीहरूलाई व्यस्त बनाउँछ । यस्तो अवस्थामा पनि घरमा बसेर काम गर्न सकिन्छ । त्यसको राम्रो विकल्प हो–हेन्डिक्राफ्ट ।

हेन्डिक्राफ्ट रचनात्मक कार्य हो । यसको आधारभूत ज्ञान भएपछि आफैले विभिन्न किसिमका सामग्री उत्पादन गर्न सकिन्छ, जो दैनिक उपभोगका वस्तुदेखि सजावटका सामग्रीसम्म हुनसक्छन् । त्यस्तै खेलौना पनि निर्माण गर्न सकिन्छ । यसमा खासै ठूलो लगानी गर्नु पर्दैन । खुसीको कुरा त के छ भने ह्यान्डिक्राफ्टको बजार धेरै फराकिलो एवं सम्भावनायुक्त छ । यसको माग स्वदेशमा मात्र होइन विदेशमा समेत हुने गरेको छ । कतिपय सरकारी, गैरसरकारी संस्थाले महिला सशक्तीकरणका लागि ह्यान्डिक्राफ्ट बनाउने तालिम उपलब्ध गराउँछन् । 

 Image