अहिले हल्का एवं पारदर्शी पहिरनको समय छ तर युवतीहरूले यस्ता पहिरन खरिद गर्नुपूर्व धेरै पटक सोच्छन् । कारण हो इनरवेयर–विशेषत: पेन्टी । यद्यपि यो टेन्सन हटाउन बजारमा कपडामुनि लगाउन सकिने पातला तथा स्टाइलिस इनरवेयर उपलब्ध हुन्छन् । यसका लागि आफ्नो फिगर एवं सेपअनुसार सही पेन्टी छनोट गर्नुपर्छ । जस्तै लो–वेस्ट जिन्सका साथमा स्मार्ट पेन्टी वा स्वीमिङका लागि विकनी पेन्टी ।
पेन्टी स्टाइल
विकनी : समुद्री तटमा हट एण्ड सेक्सी देखिन चाहने हो भने विकनी प्रयोग गर्नुपर्छ । युवतीहरूमा स्वीमिङ सिक्ने र समुद्री तटमा छुट्टी बिताउने रुचि पनि बढ्दो छ । त्यसैले हिजोआज विकनीको प्रयोग बढ्दो छ । विकनीमा व्यक्तिको लोअर पार्टको फिगर तथा कब्र्स पूर्णरूपमा उभ्रिएर आउँछ ।
ब्वाय सर्ट : यो पेन्टी मिनी स्कर्टजस्तै हुन्छ । यसलाई आरामपूर्वक लगाउन सकिन्छ । यसबाट लेग्स सेक्सी देखिन्छ ।
ब्रिफ : यो पेन्टीले पूर्णरूपले ब्याक कभर गर्छ र नाभिभन्दा मुनि हुन्छ । यसमा फ्रेन्च कट, हाइ कट, क्लासिक कटजस्ता डिजाइन उपलब्ध हुन्छन् ।
क्लासिक कट : यो साइडबाट पूर्णरूपले कभर गर्ने खालको हुन्छ र हिप्सको अलि बढी हिस्सा देखिन्छ ।
हाइ कट : यो पेन्टीमा साइड कट बढी नै हुन्छ ।
हिप्सटर : हिप्सटर धेरै हदसम्म ब्रिफसित मिल्दोजुल्दो हुन्छ तर यसको वेस्ट ब्यान्ड धेरै तल लगभग हिप्सतिर हुन्छ । त्यसैले यसलाई हिप्सटर भनिन्छ ।
ट्यांग्स : यो ट्यांग्स फुल हिपलाई कभरेज दिने खालको पेन्टी हो ।
थोङ्स : आजभोलिका युवतीहरू एक्सपोज गर्न रुचाउँछन् तर त्यो पनि डिसेन्ट तरिकाबाट, यसका लागि थोङ्स सबैभन्दा राम्रो पेन्टी हो । अहिले बजारमा यसका जी स्टिङ, वी स्ट्रिङ, सी स्ट्रिङ, टी ब्याक, चिकी आदि भेराइटी उपलब्ध छन् । यसमा ट्राङ्गल सेपको स्टिप हुन्छ जुन फेब्रिकसित जोडिएको हुन्छ । यसले ब्याक र हिप्सलाई फुल एक्सपोज गर्छ ।
फिल कभरेज पेन्टी : यो पेन्टीले लोयर एरियालाई पूर्णरूपले कभर गर्छ । पिरियड्स आदिमा पनि यही पेन्टी प्रयोग गर्नुपर्छ कारण यो कम्फर्टेबलका साथै सबै पार्ट्स राम्रोसँग कभर गर्ने खालको हुन्छ ।
लोअर साइज पेन्टी : नामबाटै यसलाई लो–वेस्ट पेन्टीका रूपमा चिन्न सकिन्छ । यो पेन्टी लो–वेस्ट जिन्स, सोट्स, स्कर्ट, सर्ट टप आदिका साथमा लगाउन सकिन्छ ।
कलर
पेन्टी लगभग सबै डार्क तथा लाइट कलरमा पाइन्छ । यसबाहेक प्रिन्टेड र फ्लावरी प्रिन्टका पेन्टी पनि उत्तिकै रुचाइएको देखिन्छ । ब्ल्याक, ब्लु, ब्राउन, ग्रिन, ग्रे, ओरेन्ज, पर्पल, रेड, एलो, ह्वाइट, पिंक आदि गरेर पेन्टीको कलरमा विविधता छ ।
पेन्टी साइज
अहिले पनि लगभग ७० प्रतिशत महिला पेन्टीको सही नापका सम्बन्धमा अनभिज्ञ छन् । सही नापबिना सही फिटिङ र फेसनेबल पेन्टी खरिद गर्न गार्हो हुन्छ । तौल बढ्नु, घट्नु र पिरियड साइकल पनि पेन्टीको फिटिङमा प्रभाव पर्ने कारण हुन् । विशेषज्ञहरूका अनुसार हरेक महिलाले वर्षमा एक–दुई पटक नाप लिनुपर्छ । एकदम सही नापका लागि हिपको सबैभन्दा चौडा भाग नाप्नुपर्छ र टेप कतैबाट टेढो नहोस् भन्ने कुरामा पनि विचार पुर्याउनुपर्छ ।
हिप साइज इन सेमी
८३–९१ स्मल, ९२–१०० मिडियम, १०१–१०९ लार्ज, ११०–११८ एक्सल लार्ज, ११९–१२७ डबल एक्सल लार्ज ।
केही ध्यान दिनुपर्ने कुरा
–फेन्सी पेन्टी देख्नेबित्तिकै खरिद गर्नु ठीक होइन । खरिद गर्नुपूर्व त्यसमा प्रयोग भएको लेसेस, इम्ब्रोइडरी आदि शरीरमा घोच्ने, दुखाउने खालको छ–छैन विचार पुर्याउनुपर्छ । सिन्थेटिक फेब्रिकले आफूलाई एलर्जी हुन्छ–हुँदैन ध्यान दिनुपर्छ ।
–जोङस्को छनोट गर्दा राम्रो खालको फेब्रिकबाट बनेको र आरामदायक छ–छैन यसमा विश्वस्त हुनुपर्छ । विशेषगरी पिरियड्सका दिनमा यसको सरसफाइमा विचार पुर्याउनुपर्छ ।
–पेन्टी छनोट गर्दा यो कटनको हो वा होइन ध्यान दिनुपर्छ । कारण कटनले चाँडै पसिना सोस्छ र यसमा न्यासेजको समस्या पनि कम हुन्छ ।
–कुनै पनि इनरवेयर खरिद गरेपछि त्यसलाई लगाउनुपूर्व एकपटक धुनुपर्छ । कारण यसलाई बनाउनुपूर्व फेब्रिकलाई केमिकल ट्रिटमेन्ट गरिन्छ । त्यसैले यसमा केमिकलको केही अंश रहन सक्छ, जसले छालालाई हानि पुर्याउने सम्भावना हुन्छ ।
–बढी गर्मी र वर्षाका दिनमा दिनहुँ दुईपटक इनरवेयर परिवर्तन गर्नुपर्छ, यसबाट पसिनाका कारण हुने समस्याबाट जोगिन सकिन्छ ।