‘रोजगारीको खानी हो आइटी क्षेत्र’
आइटी क्षेत्रमा अहिलेका युवापुस्ताको स्टार्टअपको संस्कृतिलाई अगाडि बढाएका छन् । स्टार्टअप सुरुवातमा नै कर लगाउनु हुँदैन भन्ने हाम्रो मान्यता छ ।

महिलाहरूका निम्ति करियरको राम्रो विकल्प हो–मन्टेश्वरी शिक्षक । यो उनीहरूको स्वभाव र रुचिको क्षेत्र पनि हो । अक्सर महिलाहरू बालबच्चालाई मन पराउने, माया गर्ने र उनीहरूसँग खेल्न रुचाउने स्वभावका हुन्छन् । यस्ता महिलाले मन्टेश्वरी शिक्षकका रूपमा राम्रो भविष्य बनाउन सक्छन् ।
मन्टेश्वरी शिक्षण विधि २ देखि ६ वर्ष उमेर समूहका बालबालिकाहरूमा लक्षित गरेर तयार गरिएको हुन्छ । यो उमेरका बालबालिकाहरूलाई कुनै दबाबबिना नै जीवनोपयोगी शिक्षातर्फ अग्रसर गराउने विधि नै मन्टेश्वरी शिक्षण विधि हो । बालबालिकालाई पाँच ज्ञानेन्द्रियको प्रयोगबाट कसरी शिक्षा ग्रहण गराउने भन्ने विधि शिक्षकले जान्नुपर्ने हुन्छ । उनीहरूले विभिन्न मन्टेश्वरी सामग्रीको प्रयोगबाट बालबालिकालाई शिक्षा दिनुपर्छ । मन्टेश्वरी शिक्षकले मुख्यत: बालबालिकाको मनोविज्ञान बुझ्न सक्नुपर्छ अनि सोहीअनुसार शिक्षा दिनुपर्छ । यसमा बालबालिकाको रुचि एवं क्षमतामा ध्यान दिइन्छ । मन्टेश्वरी शिक्षण विधिसँगै अर्ली चाइल्ड एजुकेसन डेभलोपमेन्ट (इसिइडी) पनि सिकाइन्छ। मन्टेश्वरी शिक्षकले बालबालिकालाई परम्परागत एवं घोकन्ते विद्या होइन स्वतन्त्र रूपमा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने कार्यमा प्रेरित गर्नुपर्छ ।