एनर्जी सेविङ बल्ब, ट्युवलाइट र ल्याम्प प्रयोग गर्नुपर्छ । यसबाट बिजुलीको बिलमा धेरै हदसम्म बचत हुन्छ ।
घरमा कुल खपत हुने बिजुलीका बारेमा बुझ्नुपर्छ ।
कम्प्युटर उपयोग गर्दा बिजुली धेरै खपत हुन्छ । अत: प्रयोग नगरिँदा स्लिप मोडमा राख्नुपर्छ ।
इलेक्ट्रोनिक्स ग्याजेट्सको प्रयोग भएको छैन भने तिनलाई अफ गर्नुपर्छ । एसी, पंखा र कुलरलाई पनि व्यर्थमा चल्न दिनु हुँदैन । यिनको सरसफाइ गरिरहनुपर्छ ।
हरेक मौसममा आफ्नो घरको प्रकाश व्यवस्थामा ध्यान पुर्याउनुपर्छ । घरमा प्राकृतिक प्रकाशको व्यवस्था मिलाउनुपर्छ । गर्मीमा हल्का रंगको पर्दाले घरलाई राहत प्रदान गर्छ भने चिसोमा गाढा रंगको पर्दाले गर्मी प्रदान गर्छ । एसी, हिटर एवं कुलर आदि हरेक ग्याजेटको प्रयोग आवश्यकताअनुसार मात्र गर्नुपर्छ
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।