शिवाङ्गिनीका चित्रमा आशाको रङ
शिवाङ्गिनी दु:खभन्दा आशा, निराशाभन्दा सम्भावना र संघर्षपछि आउने सफलतालाई चित्रमार्फत प्रस्तुत गर्न रुचाउँछिन्, यही सकारात्मक ऊर्जा उनका चित्रहरूको विशेषता हो ।
प्रेममान चित्रकारको चित्रमा बुद्धजन्म
पौभा चित्रमा दख्खल भएका कलाकार प्रेममान चित्रकारले यो चित्रमा मायादेवीले सिद्धार्थ गौतमलाई जन्म दिएको क्षणलाई उतारेका छन् । चित्रमा शान्तिका दूत गौतम बुद्धद्वारा शान्ति फैलाउने संकेतका साथै आमा मायादेवीको अनुहारमा खुसीका रेखाहरू प्रस्तुत गरिएको छ । बुद्धको चित्रमा उज्यालोलाई खेलाउँदै मायादेवीको चित्रमा रंगीन, रमाइलो र खुसी देखाइएको छ । मातृत्वको स्पर्शले दंग भएकी आमाको सुन्दरतामा पनि कलाकारले न्याय गरेको देखिन्छ ।
उपन्यास