‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।

खर्च बढी हुन नदिन एक–एक पैसाको हिसाब राख्नुपर्छ । यसो गर्दा बचत बढाउन सकिन्छ ।
सीमित आय हुनेहरूले आफ्नो समस्या समाधान गर्न विभिन्न ठाउँबाट ऋण लिन्छन् । आफन्तहरूबाट ऋण लिनु ठीकै हो तर बढी ब्याजमा ऋण लिनु हुँदैन ।
आर्थिक जगत्मा हुने हलचलका सम्बन्धमा जानकारी राख्नुपर्छ । त्यसो गर्दा नाफा हुने क्षेत्रमा लगानी गर्न सकिन्छ ।
आफ्नो लक्ष्यलाई प्राथमिकतामा राखेर महत्वपूर्ण आवश्यकतामा खर्च गर्नुपर्छ । भविष्यका लागि केही धनराशि सुरक्षित राख्नुपर्छ ।
क्रेडिट कार्डको जथाभावी प्रयोग गर्नु हुँदैन । त्यसले बचत घटाउने काम गर्छ ।
महँगो इन्स्योरेन्स योजनामा बढी पैसा खर्च हुन्छ ।
झरना नहर्की