प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।
वैदेशिक रोजगारीमा जानुअघि
नेपालबाट थुप्रै महिला वैदेशिक रोजगारीमा गएका छन् । विदेश जानेमध्ये सबैजना पूर्ण सुरक्षित छैनन् र सबैले दु:ख मात्र पाएका पनि छैनन् । विदेश जानुअघि त्यहाँको वस्तुस्थिति नबुझी हचुवामा निर्णय गर्नु तथा मेनपावर एजेन्सीहरूले यथार्थ कुरा नबताउने कारणले गर्दा महिलाहरूले दु:ख पाउनुपरेको हो । जसले यथार्थ कुरा बुझेर गएका छन् उनीहरूको स्थिति राम्रो छ । विदेशमा भरोसा गरेका व्यक्तिहरूले धोका दिएर गर्ने ठगी तथा अन्य विभिन्न कारणले अलपत्र परेका महिला कामदारहरू भने सुरक्षित छैनन् । सुखद भविष्य निर्माण गर्ने सपना बोकेर विदेश पुगेका नेपाली चेलीहरूले अनेकौं समस्या बेहोरिरहेका छन् । यस्ता समस्या समाधान गर्नु आवश्यक छ । सकेसम्म खाडी मुलुकमा घरायसी काममा होइन अस्पताल, मल, वृद्धाश्रमजस्ता संस्थाको काममा जानु उपयुक्त हुन्छ । विदेश जानुअघि एकपटक गएर फर्किएकाहरूसँग सल्लाह लिने तथा आवश्यक तालिम लिएर वैधानिक बाटोबाट मात्र जानुपछ