बहुप्रतिभाशाली इन्दिरा
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।
तिहारको चौथो दिन अर्थात् औंसीका दिन लक्ष्मीको पूजा हुन्छ । यो रात्रिलाई सुखरात्रि भनिन्छ । बेलुका अष्टलक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई धनकी देवी मानिन्छ । समुद्रकी छोरी, विष्णुकी शक्ति लक्ष्मीलाई प्रसन्न पार्न यो रात दीपावली गर्ने तथा जुवा खेल्ने चलन छ । यो दिन परिवारका सबै सदस्य बसेर जुवा खेल्दा जसले जित्छ त्यो घरको वर्षभरिको आर्थिक क्रियाकलाप उसैको हातबाट गराउने चलन पनि छ । यो दिन लक्ष्मीका अतिरिक्त अष्टसिद्धि, कुवेर, इन्द्र, ऐरावत तथा चन्द्रमाको पूजा हुन्छ । चन्द्रमा लक्ष्मीका सहोदर भाइ भएकाले लक्ष्मीलाई खुसी पार्न चन्द्रमालाई पनि खुसी तुल्याउनुपर्ने विश्वास गरिन्छ ।