रोहिणी–गौरवको फिट जोडी
भारत अजमेरकी रोहिणी (डली) राणा र नेपालका ‘आर्मीम्यान’ गौरव शमशेर जबरा ४५ वर्षअघि प्रणयसूत्रमा बाँधिएका हुन् । पारिवारिक जमघटकै बीच भेट हुँदा एक–अर्कालाई मन पराएका हुन् ।

तिहारको चौथो दिन अर्थात् औंसीका दिन लक्ष्मीको पूजा हुन्छ । यो रात्रिलाई सुखरात्रि भनिन्छ । बेलुका अष्टलक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई धनकी देवी मानिन्छ । समुद्रकी छोरी, विष्णुकी शक्ति लक्ष्मीलाई प्रसन्न पार्न यो रात दीपावली गर्ने तथा जुवा खेल्ने चलन छ । यो दिन परिवारका सबै सदस्य बसेर जुवा खेल्दा जसले जित्छ त्यो घरको वर्षभरिको आर्थिक क्रियाकलाप उसैको हातबाट गराउने चलन पनि छ । यो दिन लक्ष्मीका अतिरिक्त अष्टसिद्धि, कुवेर, इन्द्र, ऐरावत तथा चन्द्रमाको पूजा हुन्छ । चन्द्रमा लक्ष्मीका सहोदर भाइ भएकाले लक्ष्मीलाई खुसी पार्न चन्द्रमालाई पनि खुसी तुल्याउनुपर्ने विश्वास गरिन्छ ।