Successfully Copied

ओखरका फाइदा

तिहारमा दिदीबहिनीले दाजुभाइलाई विभिन्न किसिमका उपहारका साथमा मिठार्इं, फलफूल, काजु, पेस्ता, बदाम, अन्जिर, ओखरजस्ता मसला दिन्छन्।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई विभिन्न किसिमका उपहारका साथमा मिठार्इं, फलफूल, काजु, पेस्ता, बदाम, अन्जिर, ओखरजस्ता मसला दिन्छन् । तिहारमा दाजुभाइलाई प्रेमपूर्वक प्रदान गरिने मसलाहरू स्वास्थ्यका दृष्टिले निकै फाइदाजक हुन्छन् । 

ओखर

ओखरमा पर्याप्त मात्रामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यसले कोलस्ट्रोललाई सन्तुलित गर्छ । नियमित रूपमा यसको सेवन गरे मुटु रोगबाट छुटकारा पाउन सकिन्छ । यसमा एन्टी अक्सिडेन्टको गुण हुन्छ । यसले शरीरका विभिन्न पीडामा पनि राहत प्रदान गर्छ । ओखरले क्यान्सरबाट समेत जोगाउँछ । ओखरमा भिटामिन ई पाइने भएकाले यसले छालालाई सुरक्षा प्रदान गर्छ भने बढ्दो उमेरमा हुने चाउरीपनबाट पनि राहत दिन्छ । ओखरको प्रयोगले अनावश्यक वजन कम गर्न सकिन्छ । यो गर्भवती महिलाका लागि पनि निकै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन बी कम्प्लेक्स पाइन्छ । ओखरमा विभिन्न मिनरल, म्याग्नेसियम, जिंक, क्याल्सियम, आइरन, कपर, भिटामिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले गर्दा मानिसको दिमाग तेज हुन्छ । फ्याटको मात्रा कम हुने भएकाले ओखर वृद्धवृद्धाहरूका लागि निकै लाभदायक हुन्छ । मधुमेहका बिरामीका लागि पनि यो उत्तिकै लाभदायक छ । 

 Image