Successfully Copied

दाजुभाइ दिदिबहिनी नहुंदा

व्यापारिक पृष्ठभूमिका यी युवा दिदीबहिनी नभएकोमा कहिल्यै पश्चाताप गर्नु नपरेको बताउँछन् । तिहार दिदीबहिनी दाजुभाइको पर्व हो भन्ने पनि उनलाई थाहा छ तर भएको कुरामा रमाउन छाडेर नभएको कुरामा चित्त दुखाउनु मनासिब नहुने उनको भनाइ छ । जे छ त्यसैमा सन्तुष्ट हुने स्वभावका

दाजुभाइ दिदिबहिनी नहुंदा

नायक आरुष गुरुगंका तिन दाजुभाइ मात्र छन् । व्यापारिक पृष्ठभूमिका यी युवा दिदीबहिनी नभएकोमा कहिल्यै पश्चाताप गर्नु नपरेको बताउँछन् ।

तिहार दिदीबहिनी दाजुभाइको पर्व हो भन्ने पनि उनलाई थाहा छ तर भएको कुरामा रमाउन छाडेर नभएको कुरामा चित्त दुखाउनु मनासिब नहुने उनको भनाइ छ । जे छ त्यसैमा सन्तुष्ट हुने स्वभावका गुरुगं तिहारका अन्य कृयाकलापमा आफूलाई सहभागी गराई प्रशस्त मनोरञ्जन गर्छन् । आरुष भन्छन्–म तिहारको बत्तीमा जीवनको उल्लासमय आकृति देख्छु । भाइटीकाको सात रंगमा दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्यको कामना गरेको पाउँछु । मेरै दिदीबहिनी नभए पनि म कजन दिदीबहिनीहरूसँग टीका लगाउँछु ।

मोडल अहिंसा श्रेष्ठ आफ्नै दाजुभाइ नभएकोमा तिहारका बेला खल्लो लाग्ने बताउँछिन् । अरुबेला त्यस्तो अनुभूति नभए पनि यो बेला आफ्ना दाजुभाइ भएको भए हुन्थ्यो भन्ने लाग्छ–अहिंसा भन्छिन्–तर म मामा र फुपूका छोराहरूलाई भाइटीका लगाइदिन्छु । दाजुभाइलाई उपहार दिन रुचाउने श्रेष्ठ तिहारमा उनीहरूलाई मन पर्ने सामग्री खरिद गर्दा आत्मसन्तुष्टि मिल्ने बताउँछिन् । 

अमेरिकाको प्रतिष्ठित कम्पनीमा कार्यरत शम्भु थापा चेलीबेटीका कारण घर रमाइलो हुने बताउँछन् । दुई दाजुभाइ मात्र भएका थापालाई तिहारको बत्तीले मनैदेखि उल्लास थप्छ भने यमपञ्चकका पाँच दिनमा गरिने चराचुरुंगी, जनावर, प्रकृति एवं मानवपूजाले उनमा चराचर जगत्मा रहेका हरेक जीवात्मा र प्रकृतिको महत्व बोध गराउँछ । केही वर्षयता अमेरिका बस्दै आएका थापा चाडपर्वका बेला प्रवासी नेपालीहरूको जमघटमा रमाइलोसँग तिहार बनाउँछन् । 

 Image