Successfully Copied

कार्तिक महिनाको राशिफल

मेष महिनाको पूर्वाद्ध अनुकूल रहनेछ । अपेक्षाअनुरूप काममा सफलता हात पर्नेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । व्यावसायिक क्षेत्रमा सुधार आउनेछ । महिनाको उत्तराद्र्धपछि अपजसको भागी बन्नुपर्ने हुनसक्छ । वादविवादको योग पनि छ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्छ ।

मेष

महिनाको पूर्वाद्ध अनुकूल रहनेछ । अपेक्षाअनुरूप काममा सफलता हात पर्नेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । व्यावसायिक क्षेत्रमा सुधार आउनेछ । महिनाको उत्तराद्र्धपछि अपजसको भागी बन्नुपर्ने हुनसक्छ । वादविवादको योग पनि छ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्छ । सवारीसाधन चलाउँदा सतर्क रहनुहोला ।

वृष

पराक्रम एवं जाँगर बढ्नेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । काममा सफलता हात पर्ला । दाम्पत्य जीवन सुमधुर रहनेछ । साथीभाइहरूसित भेटघाट गर्ने अवसर जुट्नेछ । पारिवारिक सुख एवं समृद्धि बढ्नेछ । छोराछोरीहरूबाट सन्तोष प्राप्त होला । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्र सफल देखिन्छ भने व्यक्तिगत कार्यमा पनि सफलता हात पर्नेछ ।

मिथुन

योजनाअनुरूप सबै कार्य सम्पन्न हुनेछन् । घरपरिवारमा वैचारिक मतभेद देखापर्नसक्छ । छोराछोरीहरूलाई काबुमा राख्न पनि कठिनाइ हुनेछ । विभिन्न सरसामग्रीको जोहो गर्न सकिनेछ । नवीन वस्त्र प्राप्तिको योग पनि छ । कुनै नवीन काममा हात हाल्ने अवसर जुट्नेछ । साथीभाइहरूसित भेटघाट एवं रमाइलो जमघट हुनेछ ।

कर्कट

कुनै जिम्मेवारीको काम आइलाग्नसक्छ । पारिवारिक खुसीलाई मध्यनजर गर्दै कुनै काम गर्नुपर्ने हुनसक्छ । आर्थिक पक्ष सुदृढ भए पनि घर खर्च बढ्ने देखिन्छ । चोटपटक लाग्नसक्छ । यात्रा गर्दा सामान छुट्ने वा हराउने सम्भावना छ । सुखमय दाम्पत्य जीवनमा समझदारी हुँदाहुँदै पनि केही खटपट पर्नसक्छ । थकित भएका बेला धेरै नबोल्नु नै उपयुक्त हुन्छ ।

सिंह

पराक्रम बढ्नुका साथै शरीर स्वस्थ रहनेछ । आर्थिक पक्ष सुदृढ देखिन्छ । काममा अपेक्षित सफलता हात पर्ला । विभिन्न कुराको लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । परिवारका सदस्यहरूसित रमाइलो समय बिताउने अवसर जुर्नेछ । मनोरञ्जक कार्यमा मन जानेछ । व्यक्तिगत काम उपलब्धिमूलक हुनसक्छ । अपेक्षाअनुरूप कार्य सम्पन्न हुँदा मन पनि प्रसन्न रहनेछ ।

कन्या       

मनमा तनाव उत्पन्न हुनसक्छ । जाँगरमा कमी आउनेछ । काममा सफलता पाउन निकै खट्नुपर्नेछ । टाउको एवं आँखा दुख्ने समस्याले सताउन सक्छ । अनावश्यक खर्च हुने वा मालसामान हराउने योग छ । महिनाको उत्तराद्र्ध केही अनुकूल देखिन्छ । व्यक्तिगत कार्यमा सफलता हात पर्ला । विभिन्न कुराको लाभ हुनेछ । श्रीमान्बाट अपेक्षित सहयोग प्राप्त होला । दाम्पत्य जीवन सुमधुर रहनेछ ।

तुला

विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । थोरै समयमा धेरै काम भ्याउनुपर्ला ।

कुनै कामले यात्रा हुनसक्छ । ग्यास्टिक एवं रक्तचापको समस्या बढ्नसक्छ । प्रतिद्वन्द्वीहरूले अनावश्यक दु:ख दिने प्रयास गर्नसक्छन् । अनावश्यक वादविवाद हुनसक्ने भएकाले बोली एवं व्यवहारमा सजग रहनुहोला । कसैसित ठट्टा गर्दा पनि दुईपटक विचार गर्नुपर्ने समय छ ।

वृश्चिक 

अपेक्षाअनुरूप सबै कार्य सम्पन्न हुँदै जानेछन् । पारिवारिक सुख–समृद्धि वृद्धि हुनेछ । कार्य क्षेत्रमा पनि प्रगति गर्ने अवसर जुट्नेछ । प्रतिस्पर्धीहरूले दु:ख दिन सक्छन् सतर्क रही गोपनीयतामा जोड दिनुहोला । अनपेक्षित वादविवादको योग छ । कसैसित ख्यालठट्टा गर्दा पनि सजग रहनुपर्ला । जोडीको इच्छालाई बुझेर काम गर्न सके दाम्पत्य जीवनमा सम्भावित विवादबाट जोगिन सकिन्छ ।

धनु

बाधाहरू फुक्दै जानेछन् । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । पारिवारिक वातावरण सुखमय देखिन्छ । सुमधुर दाम्पत्य जीवनको सुख कायमै  रहला । विभिन्न कुराको लाभ हुनेछ । तपाईंको लगनशीलता एवं कार्यदक्षता देखेर मानिसहरू छक्क पर्नेछन् । सम्मानित हुने अवसर पनि मिल्नसक्छ । विभिन्न कामको सिलसिलामा दौडधूप गरिरहनुपर्नेछ । 

मकर

समस्याहरू समाधान हुँदै जानेछन् । काममा पनि अपेक्षाकृत सफलता मिल्नेछ । पारिवारिक सुख प्राप्त हुनुका साथै दाम्पत्य जीवन पनि सुखमय रहनेछ । माइतीपक्षसित भेटघाट गर्ने अवसर जुट्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । प्रतियोगितात्मक कार्यमा सफलता हात पर्ला । मन मनोरञ्जक कार्यतर्फ अग्रसर हुनेछ । आफ्नो इच्छानुसार समय व्यतीत गर्ने अवसर प्राप्त होला । 

कुम्भ

काम गर्दा आकस्मिक बाधा सिर्जना हुन सक्छ । धेरैजसो काम क्रमश: सम्पन्न हुँदै जानेछन् । कुनै कुराले मनमा तनाव हुनसक्छ । परिवारमा वा इष्टमित्र कसैमा स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ । संयमित भएर काम गर्नुपर्ने बेला छ । आफ्नो स्वास्थ्य एवं आहार–विहारको राम्रो ख्याल गर्नुहोला । छोराछोरीबाट सुख–सन्तोष मिल्नेछ । अकस्मात् यात्रा हुने सम्भावना पनि छ ।

मीन        

आफूले गरेको कामको परिणाम के होला भनेर मनमा उत्सुकता एवं डर पैदा हुनसक्छ । अपजस मिल्न सक्ने भएकाले आफ्नो काममा सक्रिय रहने प्रयास गर्नुहोला । वादविवाद हुने योग छ । दाम्पत्य जीवनमा एक–अर्काको भावनालाई राम्रोसँग बुझ्ने प्रयास गर्न सके सम्भावित झगडा टार्न सकिनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला । महिनाको उत्तराद्र्धमा कुनै विशेष काममा सफलता हात लाग्ला ।

 Image