Successfully Copied

फिटनेस

–खाना खाइसकेपछि कोक, फेण्टा, स्प्राइट लगायतका एरियटेड ड्रिंक्स पिउनु हुदैन् । त्यसको सट्टा घरेलु तरिकाले तयार पारिएको कागतीपानीमा बिरेनुन मिसाएर पिउनु फाइदाजनक हुन्छ ।

फिटनेस

डा.सुस्मिता ढकाल ( सिनियर फिजियोथेरापिस्ट तथा सञ्चालक–आरोग्य हेल्दी होम एण्ड नेचुरल हेल्थ केयर महाराजगञ्ज र बिश्वज्योती भवन जमल ) 

पर्वका बेला खानपानका कारण मोटोपन बढ्ने हुन्छ, यस्तो अवश्थामा कसरी शरिर मेन्टेन गर्ने ?

–चाडपर्वका बेला खानामा नाइ भन्न सकिन्न । भोज भतेर, पार्टी लगायत घरायसी माहौल नै खानपानमय हुने हुनाले शरिरको वजन बढ्नेमा दुइमत छैन् । यस्तो अवश्थामा खानेकुरा मात्रा मिलाएर खाने गर्नुपर्छ । गुलियो कुराहरु सकेसम्म कटौती गर्ने । बोसोयुक्त खसीको मासु कम खाने तथा पलफुल र हरिया तरकारीमा जोड दिने ।

कतिले स्लिम हुनका लागी यस्ता पर्वमा खाना पुर्णरुपमा कटौती गर्छन्, खांदै नखाएर या डाइटिंग गरेर शरिर घट्ने कुरा कत्तिको सांचो हो ? 

यो एकदमै गलत हो । शरिरलाइ आवश्यक मात्रामा नखांदा ग्यास्ट्राइटिस तथा कमजोरी जस्ता समस्या देखा पर्छन् । त्यति मात्र नभइ डार्क सर्कल देखापर्ने, आंखाको ज्योती कमजोर हुंदै जाने, छालामा चमक हराउने जस्ता समस्या पनि संग संगै देखिदै जान्छन् ।

बढी खाना उपभोग गरिने पर्वका अवसरमा खाना खाएपछि कस्ता चिजबिज खांदा शरिरलाइ असर पर्दैन् ?

–खाना खाइसकेपछि कोक, फेण्टा, स्प्राइट लगायतका एरियटेड ड्रिंक्स पिउनु हुदैन् । त्यसको सट्टा घरेलु तरिकाले तयार पारिएको कागतीपानीमा बिरेनुन मिसाएर पिउनु फाइदाजनक हुन्छ ।

चाडपर्वमा पाहुना सत्कारमा जांदा खानालाइ नकार्न सकिन्न यसलाइ कसरी सन्तुलित गर्ने ?

–बाहिर खाएपनि घरमा आएपछि हल्का खाना खानुपर्छ । जस्तो कि कांक्रो, जागर, बन्दाकोभी, मुला मिसाइएको सलाद, ग्रिन टि, तातोपानी, भेजिटेबल सुप लगायतका हलुका खानेकुरा खाएर सुत्दा शरिर सन्तुलित हुन्छ र स्वस्थ पनि भइन्छ । हरेक बिहान ४५ मिनेट ब्रिस्क वाकिगं गर्दा दिनभर शरिर तरोताजा रहन्छ । 

 Image