Successfully Copied

दक्षिणा पाउने लोभ

बाल्यकालमा दसैं भन्ना साथ दक्षिण पाउने चाडको रुपमा खुशि हुन्थें ।अर्धाखाचीमा टीकाको भोलीपल्ट देखि मेला लाग्थ्यो । त्यही कारण टिकाकै दिन घर, आफन्तको साथ गाउँ भरि डुलेर टिका थापेर कसको बढी दक्षिणा छ भन्ने प्रतिस्पर्धा हुन्थ्यो । जसको बढि दक्षिणा हुन्छ उत्यो

नन्दिता केसी, नायिका

 बाल्यकालमा दसैं भन्ना साथ दक्षिण पाउने चाडको रुपमा खुशि हुन्थें ।अर्धाखाचीमा टीकाको भोलीपल्ट देखि मेला लाग्थ्यो । त्यही कारण टिकाकै दिन घर, आफन्तको साथ गाउँ भरि डुलेर टिका थापेर कसको बढी दक्षिणा छ भन्ने प्रतिस्पर्धा हुन्थ्यो । जसको बढि दक्षिणा हुन्छ उत्यो दिनको नायिका र्नै हुन्थ्यो । मामाघर जाँदा त मेरो दक्षिणा त सधैं धेरै हुन्थ्यो । त्यति बेलै मसंग ५ , ६ हजारसम्मको दक्षिणा हुन्थ्यो । दक्षिणा जम्मा गरेर बजारमा गएर राम्रा लुगाहरु किन्ने र मेलामा साथीहरुलाई ख्वाउन पाउँदा हर्षको सिम्मा नै हुँदैंन थियो । तर अहिले बुझदैं आउँदा र आफैले कमाउने पनि भए पछि दसैंमा दक्षिणा भन्दा टिका, जमरा र आशिष नै सबै भन्दा ठूलो जस्तो लाग्छ । अहिले पनि धेरै दक्षिणा दिंदा ती बाल्यकालका कुराहरु सम्झना आउँछ । धेरै दिए पनि थोरै लिन्छु । दक्षिणा होइन आशिष चाहिन्छ भन्छु । 

 Image