Successfully Copied

भूकम्प बिर्सेर सडक खन्दै महिला

ओखलढुंगाका हर्कपुर, प्राप्चा एवं आसपासका अन्य गाविसका थुप्रै महिला भूकम्पले घरबारविहीन बनाएपछि रामपुर–खिजी–फलाटे सडकखण्डमा मजदुरी गर्दैछन् । गत वर्ष मात्र ट्रयाक खुलेको उक्त सडकलाई बिस्तार गर्न यसै वर्षदेखि सुरु भएको स्थानीय सडक सुधार कार्यक्रम (एलआरआइसी) अन्तर्गत भैरहेको काममा महिलाहरू अहिले श्रम गरिरहेका छन्

भूकम्प बिर्सेर सडक खन्दै महिला 

ओखलढुंगाका हर्कपुर, प्राप्चा एवं आसपासका अन्य गाविसका थुप्रै महिला भूकम्पले घरबारविहीन बनाएपछि रामपुर–खिजी–फलाटे सडकखण्डमा मजदुरी गर्दैछन् । गत वर्ष मात्र ट्रयाक खुलेको उक्त सडकलाई बिस्तार गर्न यसै वर्षदेखि सुरु भएको स्थानीय सडक सुधार कार्यक्रम (एलआरआइसी) अन्तर्गत भैरहेको काममा महिलाहरू अहिले श्रम गरिरहेका छन् । घरबारविहीन भएको पीडालाई भुलेर भए पनि परिवारको गर्जो टार्न सडक खन्न आएको उनीहरूको भनाइ छ ।  स्वीस सरकारको अनुदानमा रामपुरदेखि खिजी फलाटेसम्मको करिब ४४ किलोमिटर दूरीको उक्त सडकखण्ड सन् २०१८ सम्म पूरा गर्ने लक्ष्यसहित एलआरआइसी कार्यक्रम सुरु भएको हो । वैशाख १२ को भूकम्पपछि एक सातासम्म काम रोकिए पनि जेठ ७ गतेयता निरन्तर सडक बिस्तार एवं सुधारको काम चालु छ । यो कामको ज्यालामा महिला–पुरुषबीच कुनै भेदभाव हुँदैन । यसमा समान कामको समान ज्याला नीति अवलम्बन गरिएको छ । 

 

 Image