‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
कमलादीस्थित यो शोरुम गुणस्तरीय तथा सक्कली सौन्दर्य प्रसाधनका लागि लोकप्रिय छ । यहाँ नाम चलेका सबै ब्रान्डेड कस्मेटिक उपलब्ध छन् । यहाँ रेभलन, एनएक्स आइ, लोरियल, लेक्मीजस्ता सबै ब्रान्डका प्रसाधन पाइन्छन् । सबै उत्पादन प्रत्यक्ष रूपमा आयात गरिने भएकाले ढुक्कसँग खरिद गर्न सकिन्छ । खरिद गर्न सजिलो होस् भनेर हरेक ब्रान्डका फरक–फरक स्टोरेज छन् । यहाँ ग्राहकलाई सामान खरिद गर्न सजिलो होस् भनेर सौन्दर्यपारखी सेल्स गर्लहरू राखिएका छन् जसले छालाको प्रकृति तथा रंग हेरेर त्यसैअनुरूप सामान खरिद गर्न सुझाव दिन्छन् ।