‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
बिक्टोरियन थिम
विक्टोरियन थीम इन्टेरियरको खास शैली हो । यसमा स्टाइल , सादगी तथा पृथकता हुन्छ । विक्टोरियन थिममा ठूला ठूला प्यार्टन प्रयोग गरिन्छ । जसमा ठूला आकारका फुल पात , चरा , पुतली आदि सामेल हुन्छन । यदि घरको कुनै भागलाइ भिक्टोरियन शैलीले सजाउने हो भने वाल पेपर , अपहोल्सट्री , पर्दा अािदमा प्यार्टनलाइ प्रयोगमा ल्याउनु पर्छ । विक्टोरियन शैलीको सजावटको बिशेषता शौकिन रंग रातो , इमरेल्ड , गाढा हरियो , गोल्डेन आदि प्रमुख मानिन्छ । विक्टोरियन्सहरुले आफनो घरमा आफनो परिवारको फोटो सजाउन खुबै मन गर्छन त्यसैले सजावटकालागि ठूला सजावटि फोटो फ्रेममा आफनो परिवारको फोटो सजाउन सकिन्छ । यो थिमको बिशेषता चाइना , ब्रास आदिको ठूला ठूला फलावर भास पनि हो । यस थिममा सजावटकालागि विभीन्न फुलहरुको प्रयोग गरिन्छ । हरेक पक्षमा फुलको बेजोड संगम हुन्छ ।