चाडपर्वलाई किनमेलको मेलो पनि मानिन्छ भने दसंै नजिकिँदै जाँदा बजारको गर्मागर्मी पनि बढ्दै जान्छ । चाडपर्वमा किनमेल गर्दा केही कुरामा ध्यान पुर्याउनुपर्छ । आफूसँग भएको समयअनुसार तारतम्य मिलाएर किनमेल गर्नुपर्छ । अधिक उत्साहित भएर सामग्री खरिद गर्नु हुँदैन । आफ्नो समय तथा बजेटअनुसार किनमेल गर्नुपर्छ । किनमेल गर्दा कहिल्यै हतारिनु हुँदैन ।
चौबीस घन्टा समय छ भने
किनमेलका लागि आफूसँग चौबीस घन्टा समय छ भने तनाव लिनु हुँदैन । चौबीस घन्टा समय पर्याप्त हुने भएकाले तनावबिना समझदारीका साथ किनमेल गर्नुपर्छ । समयको सदुपयोग गर्न आवश्यक सामग्रीहरूको लिस्ट बनाउनुपर्छ । उपहार दिने हो भने उपहार प्रदान गरिने व्यक्तिहरूको रुचि तथा चाहना पहिल्याउनुपर्छ । उनीहरूको व्यक्तित्वलाई पनि ध्यान दिनुपर्छ । कुनै सामान खरिद गर्न सकिएन भने त्यसको विकल्पमा अरू सामान खरिद गर्न सकिने गरी वैकल्पिक सामानको लिस्ट बनाउनुपर्छ । आफ्नो बजेटअनुसार खरिद गन्तव्य छनोट गर्नुपर्छ । सामान खरिद गर्दा केवल एउटै शोरुममा मात्र भर पर्नु हुँदैन । मूल्यको विषयमा पनि पूर्ण जानकार भएपछि सामान खरिद गर्ने निधो गर्नुपर्छ । सामान खरिद गर्दा सबै सामग्री पाइने स्थान छनोट गर्दा समयको बचत हुन्छ । उपयुक्त सल्लाह एक दिनको समय मानसिक तयारी र किनमेलका लागि पर्याप्त हुन्छ । यो समय गहनादेखि इलेक्ट्रोनिक्ससम्म खरिद गर्न सकिन्छ । यो अवधिमा धेरै पसल घुमेर आफूलाई चाहिने गुणस्तरीय सामग्री छानी–छानी खरिद गर्न सकिन्छ ।
समय छदेखि बार्ह घन्टा छ भने
यो पनि किनमेलका लागि पर्याप्त समय हो । किनभने यो समयमा विभिन्न पसल घुमेर सामग्री खरिद गर्न सकिन्छ । यसका लागि सपिङ सेन्टर उपयुक्त हुन्छ । मलमा सामान खरिद गर्दा समयको बचत हुन्छ, जहाँ गुणस्तरीय सामग्रीहरू एउटै छानामुनि पाइन्छ । अहिले मलहरूमा पनि छुट तथा सेलको सुविधा प्रदान गरिन्छ । त्यसैगरी विविध फेस्टिबल अफर पनि दिइन्छ । घरबाट जुन मनस्थिति लिएर किनमेलका लागि हिँडिन्छ त्यसमा पछि हट्नु हँुदैन । सामान खरिद गर्दा लिस्टमा नभएका सामग्रीप्रति वास्ता गर्नुहुँदैन । सपिङ सेन्टरहरूमा किनमेल गर्दा बिहान तथा दिउँसो जानुपर्छ ।
उपयुक्त सल्लाह
सीमित समयमा बढी किनमेल गर्ने सोच बनाउनु हुँदैन । समय तथा आफ्नो मेहनत कम गर्न अनावश्यक सामग्रीतर्फ मन डुलाउनु हुँदैन । किनमेललाई अधिक भारी पनि बनाउनु हुँदैन ।
समय एक घन्टा छ भने
हुन त चाडपर्वको किनमेलका लागि एक घन्टाको समय निकै कम हुन्छ । यद्यपि कहिलेकाहीँ आपत्कालीन अवस्थामा थोरै समयमा पनि धेरै सामान खरिद गर्नुपर्ने हुन्छ । यसका लागि नजिकैको किनमेल केन्द्रमा सम्पर्क गर्नुपर्छ, विभिन्न स्टोर घुम्नु हुँदैन । एउटै ठाउँमा सबै सामान खरिद गर्ने प्रयास गर्नुपर्छ । लिस्ट सीमित बनाउनुपर्छ । आफूलाई चाहिएका सामग्रीहरूका विषयमा निश्चित हुनुपर्छ । अनावश्यक सामान छनोट गर्नतिर लागेर समय खर्च गर्नु हुँदैन ।
सल्लाह
एक घन्टाभित्र सामान खरिद गर्नुपर्ने भए युनिक सामानहरू खरिद गर्नुपर्छ । एक घन्टामा परफ्युम, कस्मेटिक, इलेक्ट्रोनिक्स आदिका साथै बालबालिकाहरूका लागि उपहार खरिद गर्न सकिन्छ ।
दसदेखि पन्ध्र मिनेट छ भने
थोरै समयमा किनमेल गर्दा विशेष ध्यान पुर्याउनैपर्ने हुन्छ । किनमेलमा हिँड्नुभन्दा घरमै बसेर चिया सेवन गर्नु राम्रो हो । हतारमा सामान खरिद गर्नुभन्दा कतिपय अत्यावश्यक सामानको स्टक राख्नुपर्छ । पार्टीका लागि चाहिने सामान पहिले नै खरिद गरेर राख्नु उपयुक्त हुन्छ । यदि त्यसको तयारी छैन भने नजिकैको स्टोरमा गएर खरिद गर्नुपर्छ । यसरी सामान खरिद गर्दा मूल्य तथा गुणस्तरमा सम्झौता गर्नुपर्ने हुनसक्छ । त्यसैले यस्तो लास्ट मिनेट सपिङमा सस्ता सामान खरिद गर्नुपर्छ ।
उपयुक्त सल्लाह
हडबडमा हुने गडबडीबाट जोगिनुपर्छ । मन शान्त बनाउनुपर्छ । तनावमा किनमेल गर्नुपर्ने भए समय–समयमा जुस तथा हल्का पेय पदार्थ सेवन गर्नुपर्छ । यसबाट स्वास्थ्य पनि राम्रो हुन्छ ।
टिप्स
छिटो किनमेल गर्नुपर्नेछ भने आफूले सदैव खरिद गर्ने पसलबाट सामान खरिद गर्नुपर्छ । सामान खरिद गर्दा नजिकको तथा सबै थोक सजिलै पाइने पसल छनोट गर्नुपर्छ ।
हडबडमा नचिनेको पसलमा जाने गल्ती गर्नु हुँदैन ।
लास्ट मिनेट किनमेल गर्दा मल तथा भीडभाड हुने स्थानमा जानु हुँदैन । यसमा सामान खरिद गरेपछि बिलिङको समय खर्च हुन्छ । पार्किङको पनि समस्या हुन्छ ।
किनमेल गर्दा सधैं आफूले सामानहरू खरिद गरेको स्थान छनोट गर्नुपर्छ । किनभने यस्तो पसलमा विभिन्न अफरको लाभ उठाउन सकिन्छ ।
नियमित किनमेल गर्ने स्थानमा कुन सामान कहाँ छ थाहा पाउन सजिलो हुन्छ ।
कपडा खरिद गर्ने भए रंग, ट्रेन्ड तथा फेब्रिकका सम्बन्धमा सेल्स कर्मचारीको सहयोग लिनुपर्छ । यसले समय तथा दबाब दुवै कम हुन्छ ।
आफ्नो साथमा क्रेडिट तथा डेविट कार्डका साथै यथासक्य नगद पनि राख्नुपर्छ ।
जति हतार भए पनि बिल हेर्न भुल्नु हुँदैन । बिलमा कुनै गडबडी छ कि छैन हेर्नुपर्छ ।
सामानको गुणस्तरमा सम्झौता गर्नु हुँदैन ।
आफ्नो बजेटलाई ध्यानमा राखी त्यसबाट के–कस्ता सामान खरिद गर्न सकिन्छ निश्चित गर्नुपर्छ ।
अनलाइन किनमेल पनि गर्न सकिन्छ ।