Successfully Copied

​अञ्जु पन्त, अपरेसन म्यानेजर लुम्बिनी बैंक लिमिटेड

​बैंकमा काम गर्ने भएकाले नयाँ नोटको गन्ध आएपछि अञ्जु पन्तलाई दसंै आएको अनुभव हुन्छ। दसंैका बेला बैंकमा निकै भीडभाड हुन्छ। पैसा निकाल्ने तथा जम्मा गर्नेहरूको आवतजावत बढ्छ।

बैंकमा काम गर्ने भएकाले नयाँ नोटको गन्ध आएपछि अञ्जु पन्तलाई दसंै आएको अनुभव हुन्छ । दसंैका बेला बैंकमा निकै भीडभाड हुन्छ । पैसा निकाल्ने तथा जम्मा गर्नेहरूको आवतजावत बढ्छ । कसैले व्यापारमा लगानी गर्न पैसा निकाल्छन् भने कसैले आफ्नो नाफा बैंकमा जम्मा गर्छन् । दसंैको टीका लगाएपछि हातमा कटकटिएको नोट दिने चलन निकै पुरानो हो । अर्काथरी ग्राहक नयाँ नोट साट्न बैंक धाउँछन् । बैंकमा टेलर तथा हरेकतर्फ स्टाफ पनि थपिन्छ । दसंैमा ग्राहकहरूको मनसाय बुझेर समय दिनुपर्ने भएकाले पहिलेदेखि नै योजना बनाइने उनी बताउँछिन् । पन्त आफ्नो किनमेल भने समय मिलाएर बिदामा गर्छिन् । नवमी तथा दशमीमा उनको बिदा हुन्छ । माइती मलंगवा भएकाले दसैंमा उनले दुर्गापूजाको आनन्द निकै उठाइन् । बाल्यकालमा नयाँ लुगा तथा पैसा पाइने भएकाले दसंै आउँदा उनलाई निकै खुसी लाग्थ्यो । उनी बिहान ३ बजे उठेर आमाहरूसँग मन्दिर जान्थिन् । बिहान फुल्ने पारिजातको फूलले वातावरणलाई दिने ताजापन तथा वासनाले पनि उनलाई दसंैको झझल्को दिन्छ । तराईमा काठमाडौंमा जस्तो चंगा उडाउने चलन छैन । तर मन्दिर जाने, किनमेल गर्ने र दुर्गापूजा भने निकै हुन्छ । अञ्जुलाई दसंैमा आफन्तसँग भेट हुने, शक्तिको आराधना गर्ने, आफूभन्दा ठूलाको आशीर्वाद लिने पक्ष निकै राम्रो लाग्छ । 

दसंैमा बोनस आउने भएकाले लुगाबाहेक अरु सामानहरू जोहो गर्ने योजना पनि रहेको उनी बताउँछिन् । पन्त दसैंमा घरको पर्दा, फर्निचर, इन्टेरियर परिवर्तनका साथै सकेसम्म गहना पनि बनाउँछिन् । आफूसँग किनमेलका लागि समय कम भएकाले साथीभाइसँग गएर आफूलाई चाहिने आवश्यक सामान खरिद गरिहाल्छिन् । उनी हरेक सामानको लिस्ट बनाएर किनमेल गर्छिन् । यसो गर्दा उनको बजेट तथा समय दुवैको सदुपयोग हुन्छ । अञ्जु नवरथाभरि विभिन्न मन्दिर पुग्छिन् । दसंैको टीकाको दिन उनी रातो साडी लगाउन मन पराउँछिन् । 

उनीहरूको टीका ठूलो दाइको घरमा सम्पन्न हुन्छ । उनीहरूको घरमा द्वादशीसम्म टीका लगाइन्छ । दसंैले सबैमा एक प्रकारको उल्लास छर्ने अञ्जुको अनुभव छ । दसंैमा नेपालीहरूको घरमा खुसीको लहर छाउँछ । सबैको मुहारमा विशेष किसिमको रौनक देखिन्छ । असत्य माथि सत्यको विजय भएको दिनका रूपमा मनाइने यो पर्वले कामकाजीहरूमा पनि ऊर्जा प्रदान गर्छ । दसंैमा लामो बिदा हुने भएकाले आराम तथा रमाइलो दुवै गर्न पाइन्छ । सबैले दसैंमा विभिन्न योजना बनाउँछन् । विदेश घुम्नेदेखि लिएर परिवारका साथमा विभिन्न तरिकाले समय बिताउने योजना पनि दसैंमै सफल हुन्छ। 

 

 Image