Successfully Copied

सूर्यलक्ष्मी श्रेष्ठ, फेसन डिजाइनर, इम्याजिन बुटिक

दसैंजस्तो महान् चाडमा लेहेंगा–चोलीले स्टाइलिस्ट एवं एलिगेन्ट लुक्स दिन्छन् । टिनएजरदेखि ४० वर्षसम्मका महिलाहरूका लागि लेहेंगा नै उपयुक्त हुन्छ ।

दसैं नजिकिँदै छ, यसपटकका लागि कस्ता पहिरन डिजाइन गर्दै हुनुहुन्छ ?

अहिले महिलाहरू पहिरनमा चँुजी तथा स्टाइलिस्ट हुँदैछन् । चाडपर्वका लागि डिजाइनर ड्रेस खोज्नेहरूका लागि फेस्टिब लुक्स झल्कने साडी, कुर्ता, गाउन, लेहेंगा तथा वानपिसलाई मोडिफाइ गरी नयाँ किसिमका पहिरन बनाइरहेकी छु । 

चाडपर्व भन्नासाथ महिलाहरू रंगीचंगी पहिरन खोज्छन्, त्यसका लागि कुन पहिरनलाई प्राथमिकता दिनुहुन्छ ?

अहिले फेसनमा लेहेंगाकै बढी माग छ । त्यसमा पनि दसैंजस्तो महान् चाडमा लेहेंगा–चोलीले स्टाइलिस्ट एवं एलिगेन्ट लुक्स दिन्छन् । टिनएजरदेखि ४० वर्षसम्मका महिलाहरूका लागि लेहेंगा नै उपयुक्त हुन्छ । टिनएजरहरूलाई सानो बोर्डर भएको प्रिन्टेड सिल्क तथा सिफनको लेहेंगा राम्रो देखिन्छ भने अधबैंसेका लागि हेबी भरेको ब्लाउज तथा लेहेंगा नेट वा जर्जेट फेब्रिकमा बनाउनु उपयुक्त हुन्छ । साडी नै लगाउने हो भने यसपटकलाई सिफनको फेसन भित्रिएको छ । सिफनमा स–साना बोर्डर, लेस एवं स–साना ह्यान्ड वर्क गर्दा अझ आकर्षक देखिन्छ ।

कुन डिजाइनको लेहेंगा डिजाइन गर्नुभएको छ ?

मर्मेट सेप, फिस कट र टिनएजरहरूका लागि ठूलो फ्लेयर भएको लेहेंगा डिजाइन गरेकी छु । सल साधारण बनाएर कन्ट्रास्ट कलरको लेहेंगा चोली बनाएकी छु  भने लंग ज्याकेट स्टाइलको लेहेंगा पनि बनाउँदैछुु । अहिले ह्यान्ड वर्क भन्दा थ्रेड वर्क, रिबन वर्क गरिएका ब्लाउज रोजाइमा पर्ने देखिन्छ । हाइनेक तथा बोट नेकको ब्लाउज पनि उत्तिकै लोकप्रिय छ । 

अहिले कस्तो कलर बढी चल्दैछ  ?

यसपटक न्युड कलर बढी चल्ने देखिन्छ । त्यसैले पिच कलर, लाइट ब्लु, लाइट पिंक कलरका पहिरन बनाउँदैछु ।  

मोटा महिलाहरू कस्तो पहिरनमा सुन्दर देखिन्छन् ?

सही फिटिङ पहिरन छान्नुपर्छ । भी नेक भएको पहिरनले अग्लो देखाउँछ र पातलो फेब्रिकले दुब्लो देखाउँछ । नेक लाइन भएका पहिरन भने कहिल्यै लगाउनुहुँदैन । बरु अलि खुला पहिरनले मोटोपन कम देखाउँछ ।

 

 Image