मेष
कामको सिलसिलामा दौडधूप गरिरहनुपर्नेछ । इष्टमित्रका साथै साथीभाइसित भेटघाट गर्ने अवसर जुर्नेछ । काममा अपेक्षित सफलता मिल्नेछ । सन्तानबाट सन्तोष मिले पनि कहिलेकाहीँ उनीहरूको चिन्ताले सताउनसक्छ । श्रीमान्बाट सहयोग एवं सद्भाव प्राप्त होला । न्यायिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । व्यक्तिगत खुसीका लागि कुनै कार्यमा मन जानसक्छ ।
वृष
प्रतिस्पर्धीहरूले दु:ख दिने प्रयास गर्लान् । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्छ । बुवाआमासित वैचारिक मतभेद उत्पन्न हुनसक्छ । छोराछोरीप्रतिको जिम्मेवारी बढ्नेछ । श्रीमान्सित झगडा पनि हुनसक्छ । घुम्न जाने अवसर मिल्नेछ । व्यक्तिगत कार्यमा सफलता प्राप्त होला । परिवारका सदस्य एवं इष्टमित्रहरूसित भेटघाट गर्ने अवसर जुर्नेछ ।
मिथुन
विभिन्न जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । पारिवारिक सुखका निम्ति केही खर्च पनि होला । काम गर्दा विभिन्न माध्यमबाट सहयोग जुट्नेछ । श्रीमान्बाट सहयोग एवं सद्भाव मिल्नेछ । विभिन्न व्यक्तिहरूसित भेटघाट हुनेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । शैक्षिक क्षेत्रमा सफलता हात पर्ला । यात्रा गर्दा वा सवारीसाधन चलाउँदा सजग रहनुहोला ।
कर्कट
शरीर फुर्तिलो रहनेछ । काम गर्ने जाँगर बढ्नेछ । आर्थिक एवं व्यवसायिक क्षेत्र सुदृढ छ । सेयरमा गरेको लगानीले फाइदा दिनेछ । भ्रमणको अवसर जुर्नसक्छ । व्यक्तिगत कार्यमा सफलता हात पर्ला । दाम्पत्य जीवन सुखमय रहनेछ । मनोरञ्जक कार्यमा मन जाला । छोराछोरीको अध्ययन, स्वास्थ्य एवं खानपिनमा ध्यान दिनुहोला । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ ।
सिंह
जाँगरमा कमी आउनसक्छ । काममा सफलता प्राप्त गर्न बढी नै खट्नुपर्नेछ । मित्रबाट धोका पाइनसक्छ । सकेसम्म कसैको भर नपर्नु नै उपयुक्त हुन्छ । अनावश्यक खर्च हुने योग भएकाले किनमेलमा सावभानी अपनाउनु होला । यात्राका क्रममा मालसामान हराउन सक्छ । आँखासम्बन्धी समस्याले सताउला । कुनै कुराले मन खिन्न बनाउनसक्छ ।
कन्या
व्यस्तताले भरिपूर्ण महिना छ । सानातिना कुराका लागि पनि आफै खट्नुपर्नेछ । यात्रा हुने सम्भावना छ । अरूको काम गर्दा अपजस मिल्नसक्ने भएकाले आफ्नै काममा सक्रिय रहनुहोला । आर्थिक पक्षमा सुधार आउनेछ । आकस्मिक स्वास्थ्य समस्याले सताउला । प्रतिस्पर्धीहरूले दु:ख दिनसक्छन् । महिनाको अन्त्यतिर स्थितिमा सुधार आउनेछ ।
तुला
आर्थिक पक्ष सुदृढ रहनेछ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । प्राय: सबै कार्य आफनै हातमा निर्भर रहनेछन् । अरूले दिएको सल्लाह आफूलाई मन नपर्नसक्छ । अपेक्षित व्यक्तिबाट भनेजस्तो सहयोग नमिल्नसक्छ । कुनै कुराले मन विचलित बनाउनसक्छ । काममा खासै जाँगर चल्ने देखिँदैन । दाम्पत्य जीवनमा वैचारिक मतभेद हुनसक्छ । अनपेक्षित वादविवाद पनि हुने देखिन्छ ।
वृश्चिक
काममा अपेक्षित सफलता मिल्नेछ । सामाजिक, न्यायिक, शैक्षिक एवं राजनीतिकजस्ता विभिन्न सफलता हात लाग्नेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनुका साथै प्रतियोगितात्मक क्षेत्र पनि सफल रहनेछ । पारिवारिक सु–सन्तोष प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखमय देखिन्छ । मान–सम्मान प्राप्त हुनेछ भने लगनशीलता एवं वाकपटुताबाट अरूलाई प्रभावित तुल्याउन सकिनेछ ।
धनु
कठिन समस्याहरू समाधान हुनेछन् । बिस्तारै मनको बोझ हट्दै जानेछ । अधूरा काम पनि पूरा हुने छन् । आर्थिक पक्ष सुदृढ रहनेछ । श्रीमान्बाट पनि अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । प्रतिस्पर्धीहरू आपैंm तर्कनेछन् । घर परिवारसित राम्रो समय बिताउने अवसर जुट्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ ।
मकर
काममा आकस्मिक बाधा–व्यवधान देखा पर्न सक्छ । सोचेअनुरूपको सफलता नमिल्न सक्छ । घर खर्च बढ्नेछ । अनावश्यक खर्चबाट जोगिनुहोला । लेनदेनको काम गर्दा सजग रहनु पर्नेछ । परिवारमा कसैलाई स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ । आवेशमा आएर कुनै पनि कार्य नगर्नुहोला । धैर्यपूर्वक काम गरे समस्या समाधान हुनुका साथै सफलता पनि हात लाग्नेछ ।
कुम्भ
पारिवारिक सुख मिल्नुका साथै छोराछोरीबाट पनि सन्तोष मिल्नेछ । काममा सोचेअनुरूप सफलता मिल्दै जानेछ । आकस्मिक उपहार प्राप्त होला । कहिलेकाहीँ कुनै कुराले मनमा डर उत्पन्न गर्न सक्छ । टाउको, आँखा तथा पेटसम्बन्धी समस्या सिर्जना हुनसक्ने भएकाले स्वास्थ्यप्रति सजग रहनुपर्ने बेला छ । दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ ।
मीन
यात्रा हुनसक्छ । विभिन्न कुराको लाभ हुनेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । सन्तान सुखको योग छ । पेट एवं रक्तचापका रोगीहरूले स्वास्थ्यमा ध्यान दिनुहोला । इष्टमित्र एवं साथीहरूसित भेटघाट गर्ने अवसर जुट्नेछ । वादविवाद हुनसक्ने भएकाले सकेसम्म कम बोल्नुहोला । कसैसँग धेरै घनिष्ट भएर मनपेट खोल्नु हितकर हुँदैन ।