Successfully Copied

पुरूष

धैर्य गर्ने सक्ने, घरपरिवारको लागि बलिदान दिने, मेन्टली बलियो तथा सौन्दर्यको प्रतिक ।

कमलमान सिंह, गायक

महिलाहरुको सकरात्मक पक्ष के जस्तो लाग्छ ?

धैर्य गर्ने सक्ने, घरपरिवारको लागि बलिदान दिने, मेन्टली बलियो तथा सौन्दर्यको प्रतिक ।

मन नपरेका पक्ष के छन् ?

मेकअपको लागि धेरै समय लगाउनृ, खुटाको परवाह नगरि ठूलो हिल लगाउने र अहिले चुरोट, रक्सि खाने प्रवृत्ति बढ्दो छ , जुन मनपर्देन । 

तपाईंको विचारमा नारी सौन्दर्य ?

व्यक्तित्व, बोली र रुपको समिश्रण ।

जीवनमा आमा ?

संसार नै हो ।

सफल जीवनमा महिलाहरुको हात कतिको हुन्छ ?

स्वर्ग पनि महिलाले नै बनाइ दिन्छ, जीवनलाई नर्क पनि महिलाकै कारण बन्छ । 

तपाईंका आइडियल पर्सन ?

अनुराधा कोइराला, पुष्पा बस्नेत तथा सरिता गुरुंग ।

सुन्दर लागेका महिलाहरु ?

हरेक महिलाहरु कुनै न कुनै रुपवाट सुन्दर हुन्छन् । तर पनि नामै लिंदा करिष्मा मानन्धर, सहना बज्राचार्य लगायत धेरै छन् । 

 Image