‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
आजको दिन नेपालको इतिहासमा कहिल्यै मेटिने छैन । वर्षाैंदेखि संघर्ष गर्दै आएका नेपाली जनताले आज नयाँ संविधान पाएर ऐतिहासिक खुसी प्राप्त गरेका छन् । राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान–२०७२ जारी गरेका छन् । संविधानसभाका प्रतिहरूमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् । राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान–२०७२ आजैका मितिदेखि प्रारम्भ भएको घोषणा गरेका छन् । आजैका मितिदेखि देशले औपचारिक रूपमा नयाँ संविधान पाएको छ भने अन्तरिम संविधान–२०६३ स्वत: खारेज भएको छ । संविधान घोषणा गरिसकेपछि राष्ट्रपतिले सम्बोधन गर्दै सबै नेपाली र राष्ट्रको जय होस् भन्ने कामना गर्दै देशवासीलाई शुभकामना र बधाइ ज्ञापन गरेका छन् । यसैगरी नयाँ संविधान जारी भएको खुसियालीमा मुलुकभर नेपाली जनताले दीपावली गरिरहेका छन् ।