Successfully Copied

संस्कारको निरन्तरता हो दसंै

दसंैको पारिलो घामको तापले हामी नेपालीहरूमा नयाँ उल्लास ल्याउँछ । यसले एक प्रकारको उत्साहको अनुभव गराउँछ । दसैंको आगमनसँगै प्रत्येक घर–आँगनमा खुसी छाउँछ । भदौ लाग्दैदेखि वातावरणमा एक प्रकारको न्यानोपनको अनुभव हुन्छ जसले मनलाई भित्रैदेखि नै हर्षित तुल्याउँछ ।

दसंैको पारिलो घामको तापले हामी नेपालीहरूमा नयाँ उल्लास ल्याउँछ । यसले एक प्रकारको उत्साहको अनुभव गराउँछ । दसैंको आगमनसँगै प्रत्येक घर–आँगनमा खुसी छाउँछ । भदौ लाग्दैदेखि वातावरणमा एक प्रकारको न्यानोपनको अनुभव हुन्छ जसले मनलाई भित्रैदेखि नै हर्षित तुल्याउँछ । वरिपरि फुलेका पारिजातले वातावरणलाई सुवासित बनाउँछन् । दसंैमा बजारदेखि गाउँ–सहरसम्ममा एक प्रकारको रमाइलो लहर आउँछ । व्यवसायीहरू आफ्नो व्यापार बढाउन आतुर हुन्छन् । किसानहरू आफ्नो बाली बेच्न तप्पर हुन्छन् । कर्मचारीहरू बोनस आउने हुँदा खुसी हुन्छन् । घर–घरमा दसंैको स्वागतमा लिपपोत तथा सरसफाइ सुरु हुन्छ । घरका पुराना सामान परिवर्तन गरेर नयाँ सामान खरिद गरिन्छ ।

लामो समयदेखि दसंै मनाउने शैली उस्तै छ । यसमा खासै ठूलो परिवर्तन आएको छैन । दसैं हाम्रा हजुरबुवा–हजुरआमाहरूले जसरी मनाउँथे हामी उस्तै तरिकाले मनाउँछौं । उस्तै बलि, जमरा अनि टीका थाप्ने चलन पनि उस्तै । त्यसो त यसले नेपाली संस्कारको पुस्तान्तर गर्छ भन्दा फरक नपर्ला । संस्कृतिविद् गोविन्द टण्डन दसंै नेपालीहरूको संस्कारको चिनारी भएको बताउँछन् । यो परम्परा मनाउने शैली जहिले पनि ज्युँकात्यँु छ । केवल केही परिस्कृत भएको छ । यो असत्यमाथि सत्यको विजयस्वरूप मनाइने चाड हो र यसले हाम्रो समाजमा सकारात्मक सन्देश पनि दिन्छ । आफूभन्दा ठूलाबाट आशीर्वाद थाप्ने तथा ठूलाबाट सानाले आशीर्वाद लिने यो चलनले हाम्रो संस्कारको जगेर्ना गरेको छ । दसंै लागेदेखिका संस्कार अहिले पनि हामी उस्तै रूपमा मनाइरहेका छौं । भोलि हाम्रा सन्ततिले पनि यसलाई यसरी नै मनाउने छन् । मन्दिर जाने, किनमेल गर्ने, घर लिपपोत गर्ने, आफन्तहरू जम्मा हुने दसैंको रमाइलो पक्ष हो । देवीको पाठ गर्ने, पूजाआजा गर्ने घरलाई चोखोनितो बनाउने, सरसफाइ गर्ने आदि कामले हाम्रो संस्कारलाई निरन्तरता दिन्छन् । दसंै लागेदेखि नै देवीका मन्दिरहरूमा बिहान ३ बजेदेखि नै भक्तजनको लाइन लाग्छ । आस्तिकहरू भगवान्को आराधना गरी व्रत बस्छन् भने घरमा विशेष पूजा पनि गर्छन् । प्रत्येक घरमा जमरा राखेदेखि दिनहुँ नियमित पूजा हुन्छ । यसको मौलिकता तथा महत्व आफ्नै स्थानमा छ ।

प्लस टुमा अध्ययनरत पूजा शाह दसंैलाई हाम्रो संस्कृतिको धरोहर मान्छिन् । बाल्यकाल विदेशमा बिताएकी पूजाले त्यहाँ पनि मज्जाले दसंै मनाएकी थिइन् । पूजालाई दसंैका हरेक पक्ष मन पर्छन् । दसंैका बेला परिवारका सबै सदस्य एउटै छानामुनि भेला हुनु यसको सबैभन्दा सबल पक्ष हो । वर्षमा एकपटक आउने यस्तो चाड खुसीसाथ मनाउनुपर्छ । यतिबेला मनमा रहेको दु:ख मनबाट निकाल्नुपर्छ ।

राससकी अञ्जना रम्तेल दसंैमा आफ्नो सबै काम सकेर घर जान्छिन् । जति उमेर बढ्दै गयो उनले दसंैको महत्व उत्तिकै बुझ्दै गइन् । अञ्जनाको निष्कर्ष छ– दसंै हामी नेपालीहरूको संस्कार एवं संस्कृतिको निरन्तरताको एउटा सशक्त माध्यम हो । यसले वर्षको एकपटक हामीलाई एक ठाउँमा बसेर कुराकानी एवं सरसल्लाह गर्ने अवसर प्रदान गर्छ । दसंै भन्नेबित्तिकै लामो बिदा तथा अतिरिक्त पारिश्रमिक हो । दसंैले हाम्रो सामाजिक संस्कारको जगेर्ना एवं संरक्षण पनि गरेको छ । अरुबेला मन्दिर नजानेहरू पनि दसैंमा मन्दिर जान्छन् । घरमा विभिन्न परिकार बनाउँछन् । हरेक नेपालीको निधारमा टीका तथा टाउकोमा पहेंलो जमरा हुन्छ ।

दसंै सुरु हुनेबित्तिकै आकाशमा चंगा उडाइन्छ । यसले बालबालिकाहरूमा उमङ्ग थप्छ । उनीहरू चंगा उडाउन पाउँदा दंग पर्छन् । दसैंमा चोक–चोकमा लंगुरबुर्जा र तास खेल्ने क्रम पनि सुरु हुन्छ । दसंैमा एकदिन भए पनि जमिन छोड्नुपर्ने प्रथा भएकाले चोक–चोकमा पैसा उठाएर लिंगे पिङ तथा रोटे पिङ निर्माण गरिन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म लाम लागेर पिङमा मच्चिन्छन् । दसंै हरेक पक्षबाट हाम्रो संस्कार हो, यसको संरक्षण गर्ने धरोहर हो । यसले सबैलाई एक प्रकारको ऊर्जा  एवं आनन्द प्रदान गर्छ ।

 Image