अनिता खड्का, व्युटिशियन
कपाललाई कलर गर्नु अघि केके गर्नु जरुरी हुन्छ ?
कपाललाई केही घण्टा अघि राम्रो स्याम्पूले नुहाउनु पर्छ । स्याम्पु गर्दा डिप कन्डिसनर लगाउनु आवश्यक हुन्छ । जसले कपालमा केमिकल परे पनि कन्डिशनरले कम हामी पुऱ्याउँछ । साथै कसैको कपालमा तेल आउँछ भने पनि त्यसले रंग बस्नमा मदत पुऱ्याउँछ ।
कस्तो रंगको छनौट गर्ने ?
आफ्नो कपालको रंग भन्दा १,२ लेल मात्र हल्का रंग छान्नु पर्छ । यसले कपालमा लगाएको कलरमा छिटो छिटो रि टच गर्ने झन्झटवाट मुक्त हुन्छौं । अन्यथा आफुलाई मन परेको कलर लगाउन सकिन्छ तर कलर भने क्वालीटीकै हुनु पर्छ । जुनसुकै कलर लगाउँदा कपाल बिग्रने सम्भावन धेरै हुन्छ ।
कपालको प्रकार अनुशार कलर गर्ने तरिका फरक हुन्छ ?े
कपाल जम्मा ३ प्रकारको हुन्छ, नरम, फ्रीन र डइृ । नरम कपालमा जहिले पनि वान स्टेप हाई गर्नु पर्छ । फ्रीजी हेयर छिटो बस्छ र ड्यामेज हेयरमा कलर गर्दा पहिले हेयर स्पा गर्न र त्यसपछि कलर गर्ने । कलर गरे पछि जहिले पनि शैम्पू गर्नु पर्छ । शैम्पू पखाले पछि हेयर स्पा एकछिन राखेर पखाल्ने ।
कसरी कपालमा रंग लगाउँदा सबै तिर एकनास तथा राम्रो तरिकाले बस्छ ?
कपालमा रंग लगाउँदा माथिल्लो भागमा राम्ररी तानि तानि लगाउनु पर्छ । कपालमा रंग बस्ने वा नबस्ने कपालको रेसामा भर पर्दछ । कालो , मोटो रेसा भएको कपालमा रंग बस्न अलि गार्हो हुन्छ भने नरम तथा मसिनो रेसामा छिटै रंग बस्छ ।
लगाइएको रंगलाई धेरै समय टिकाउने उपायहरु केके होला ?
कलरलाई टिकाउनको लागि हेयर कलर स्याम्पु नै प्रयोग गर्नु पर्छ । नुहाउँदा तातो पानी प्रयोग नगर्ने । ट्टिमेन्ट क्रीम पनि कलर लगाइएको कपालमा कमै मात्रामा प्रयोग गर्ने । साथै केशलाई हावा र घामवाट बचाउने, स्विमिंग पूलको क्लोरिन पानीवाट पनि बचाउने । क्लोरिन पानीले कपालको कलरलाई ड्यामेज गर्दछ ।
कसैकसैको कलर गर्दा भित्र बढि र बाहिर कम बसेको पाइन्छ नि ?
कलरको वारेमा थाहा नभएर यस्तो भएको हो । कपालको बाहिरी भागको अनुपातमा भित्री भागमा हिट बढी हुन्छ र कलर मिक्स गर्दा डिप्लपर पनि मिक्स गरिन्छ । डिप्लर पहिले नै हिट हुन्छ । टाउकोको हिट र डिप्लपरको हिट दुवै मिले पछि बढि नै हिट हुन्छ । यद्यपी कलर अप्लाइृ गर्दा रुट भन्दा २ इन्च छाडेर अप्लाई गर्ने र २५ मिनेट पछि २० भोलुम मिक्स गरेर रुटमा कलर लगाउने । १० मिनेट लगाएर पखाल्ने ।
कुनकुन कलर कपालमा बस्दैन ?
एशियन कलर, सेड कलर ब्ल्याक, नेचुरल ब्ल्याक छ भने फेशन रिफ्लेक्ट कलर बस्दैन । जस्तै : गोल्डेन, कपर, चेष्ट गोल्ड कलर बस्दैन । मेहेन्दी लगाएको कपालमा पनि फेशन रिफ्लेक्ट कलर बस्दैन ।
कलरले कपाल ड्यामेज गराउछ भनिन्छ नि ?
जति पनि कलरमा अमोनिया फ्रि भने पनि पुरै फ्री हुदैंन । त्यसैले कलर गर्नु भन्दा पहिले अमोनिया केयर वा हेयर मास्क गर्ने । कलरको लागि लोरियलको छुटै शैम्पु आउछ । कलर कपालमा कम केमीकल भएको शैम्पू प्रयोग गर्ने । कण्डिसनरको सतामा हेयर स्पा प्रयोग गर्ने । सकेसम्म रुटमा टच नगर्ने ।