Successfully Copied

इन्टेरियर कुराकानी

सबैभन्दा पहिले घरको रंग चेञ्ज गर्न सकिन्छ जसले गर्दा घरको लुक्स चेञ्ज हुन्छ । भित्ताको रंगको हिसाबले फर्निचरको रंग पनि छनोट गर्न सकिन्छ । गाढा रंग छनोट गर्ने चाहना छ भने कोठामा प्रकाशको संयोजन मिलाउँदा कोजी लुक प्राप्त हुन्छ । फर्निचरको कभर, कुशन

इन्टेरियर कुराकानी

रीना शाक्य

इन्टेरियर डिजाइन

घरको स्वरुपलाई परिवर्तन गर्न पहिले के कुरामा ध्यान दिनु पर्छ ?

घरको स्वरूप परिवर्तन गर्न पहिले घरको क्षेत्रफल हेर्नु आवश्यक छ । क्षेत्रफलले घरको स्वरूप परिवर्तनमा प्रभाव पुर्‍याउँछ । स्पेस बढी भएको घरलाई नयाँ स्वरूपमा ढाल्न सजिलो हुन्छ ।

चाडपर्वमा घरलाई नयाँ लुक्स दिनका लागि के कस्तो प्लान गर्न सकिन्छ ?

सबैभन्दा पहिले घरको रंग चेञ्ज गर्न सकिन्छ जसले गर्दा घरको लुक्स चेञ्ज हुन्छ । भित्ताको रंगको हिसाबले फर्निचरको रंग पनि छनोट गर्न सकिन्छ । गाढा रंग छनोट गर्ने चाहना छ भने कोठामा प्रकाशको संयोजन मिलाउँदा कोजी लुक प्राप्त हुन्छ । फर्निचरको कभर, कुशन कभर र वाल डेकोरेशन चेञ्ज गरेर घरलाई विल्कूलै नयाँ लुक्स दिन सकिन्छ । 

सानो बैठकलाई ठूलो लुक्स दिन के गर्नु पर्छ ?

हलुका नीलो, पहेंलो, हरियो आदि रंगले कोठालाई ठूलो  देखाउँछ ।

बालबालिकाहरुको कोठालाई कस्तो बनाउँदा उपयुक्त हुन्छ ?

बालबालिकाहरूको कोठालाई आकर्षक बनाउन भित्तामा फ्लावरी वा कार्टुन क्यारेक्टरयुक्त वालपेपर उपयुक्त हुन्छ । बालबालिकाहरूको कोठाका लागि पर्दा, बेडसिट, पिलो कभर आदि छनोट गर्दा उनीहरूको रोजाइअनुसार कार्टुन क्यारेक्टर, फूल, पुतली आदि प्रिन्ट्सलाई प्राथमिकता दिनुपर्छ ।

ठूलो कोठाको सुन्दरता बढाउन शिशाको महत्वपूर्ण भुमिका हुने कुरा कतिको सहि हो ?

ठूलो कोठालाई सुन्दर र आकर्षक बनाउन पेंटेट ग्लास राम्रो विकल्प हो । ग्लास पेन्टिंगले भित्तालाई सुन्दर बनाउँछ भने त्यसको अलावा भित्तामा ग्लास पैनल, ग्लास रैक, डेकोरेसन पीसहरुले कोठा आकर्षक देखिन्छ ।  

घर भित्र इन्डोर प्लान्टहरु कहाँ राख्दा राम्रो देखिन्छ ?

घरमा बरण्डा छ भने बरण्डामा लरकने बोटविरुवा राख्दा घर आकर्षक देखिन्छ भने घर भित्र लिभिंग, प्यासेज , भर्‍यांग र किचेनको स्पेसहरुमा इन्डोर प्लान्टहरु राख्न सकिन्छ । 

 

 Image