‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।

विशेषता : मेहन्दीे आर्टका लागि लोकप्रिय
विगत आठ वर्षदेखि सञ्चालनमा आएको मुम्बई मेहन्दी सेन्टर अहिले नेपालमै मेहन्दी तथा नेल आर्टका लागि लोकप्रिय मानिन्छ । फुटपाथबाट सुरु भएको कामलाई आर्टिस्ट कुलदीप कुमारले आज आफूलाई नेपालकै उत्कृष्ट व्यवसायीका रूपमा स्थापित गरिसकेका छन् । मेहनत र निरन्तरताले मानिसलाई सफल बनाउँछ भन्ने राम्रो उदाहरण पनि हुन्–आर्टिस्ट कुलदीप कुमार । उनले फुटपाथमा काम गर्दा मानिसहरू उनको कलामा आकर्षित भए । उनी काठमाडौंका विभिन्न गल्लीमा मेहन्दी लगाउँदै हिँड्थे । जहाँ मेहन्दी लगाउन बस्थे त्यहाँ मेला नै लाग्थ्यो । आज उनी आकर्षक तथा शान्त वातावरणमा बसेर धेरैको हातको शोभा बढाउने काम गरिरहेका छन् । मेहन्दीलाई धार्मिक कार्यसँग जोडिनुका साथै गहनाका रूपमा पनि लिइन्छ । वर्षभरि नै उनको सेन्टरमा मेहन्दी लगाउने तथा सिक्ने मानिसको भीड लागिरहन्छ । साउन महिनामा मेहन्दी लगाउन आउनेको भीड हुन्छ । त्यसैले साउन महिनामा उनलाई फुर्सदै हुँदैन । उनी उपत्यकाबाहिरका मुख्य सहरमा पनि तालिमका लागि गैरहन्छन् । सामान्यत: नेपालमा ब्राइडल, गोल्डेन, अरेबिक, रिसव, मेटालिक आदि मेहन्दीका डिजाइन प्रचलित छन् । यहाँ अमेरिका तथा युरोप जानेहरूका लागि १५ दिने स्पेशल ब्रायडल मेहन्दी कोर्सका साथमा फ्रि नेल आर्ट कोर्स गरिने व्यवस्था पनि छ ।