‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।
मुलुकभरका महिलाहरू आज हर्षोल्लासका साथ हरितालिका तीज मनाइरहेका छन् । आजका दिन महिलाहरू आफ्नो श्रीमान् तथा प्रियजनको दीर्घायु सफल जीवनको कामना गर्दै भगवान् शिवको आराधना गरी निराहार व्रत बस्छन् । हिजो दर खाने दिन विभिन्न परिकारका खानेकुरा खाई आज निराहार व्रत बस्ने गरिन्छ । यसकारण आज मुलुकभरका शिव मन्दिरहरूमा व्रतालुको घुइँचो छ । पशुपतिनाथ, सुनसरीको बराहक्षेत्रजस्ता शिवधामहरूमा आज दर्शन गर्नेको घुइँचो पनि उत्तिकै बाक्लो छ । वर्ष दिनमा आउने नेपाली नारीहरूको यो चाडमा वर्षौंदेखि नभेटिएका दिदी–बहिनी तथा आफन्त जीवनका सारा दु:ख भुलेर उत्सवमय तरिकाले तीज मनाउँछन् । यो चाडलाई नेपाली नारीको दु:ख बिसाउने चौतारीका रूपमा पनि लिने चलन छ । पछिल्लो समय तीज भड्किलो हुँदै गएको छ भन्ने विभिन्न खाले धारणा सुन्नमा आए पनि नयाँ पुस्ताले मौलिकता झल्काउने परम्परालाई सम्मान गर्न सकेको स्पष्ट देख्न सकिन्छ ।