फेसन शिक्षाप्रति बढ्दो आकर्षण
मैले बुझेअनुसार अन्य संकाय (फ्याकल्टी) पढेर पनि फेसन शिक्षा पढ्न आउनेहरू छन् । यो शिक्षाको बजार बिस्तारित हुँदै गएको छ ।

आउटलेट : ज्याठा, ठमेल
विशेषता : हरेक प्रकारका चियाका लागि उत्कृष्ट गन्तव्य ।
टिलय ठमेलको ज्याठा चोकमा छ । अंग्रेजी शब्द टि अर्थात् चिया र नेपाली लय शब्दको संयोजन गरी नामकरण गरिएको टिलय विशुद्ध चिया बिक्री कक्ष हो । यहाँ नेपाल अधिराज्यभर उत्पादन हुने चियाको नमुना उपलब्ध हुन्छ । टिलयमा दूध र चिनीमा मिसाएर पिइने सामान्य सिटिसी चियादेखि ग्रिन, ह्वाइट, ब्ल्याक, हर्बल ओलन, रुविसजस्ता अनेकौं प्रकारका चिया खरिद गर्न सकिने सञ्चालक चिरन दाहाल बताउँछन् । त्यसैगरी औषधीय महत्वका गोल्डेन टिप्स, सिल्भर टिप्स पनि यहाँ उपलब्ध छन् । प्रतिकिलो ३ सय रुपैंयाँदेखि १ लाख रुपैंयाँभन्दा बढी मूल्यका चिया पनि टिलयमा खरिद गर्न सकिन्छ । चियाको स्वादका सम्बन्धमा चासो राख्नेहरूका निम्ति टिलय उपयुक्त गन्तव्य हुनसक्छ ।