‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
कुपण्डोलस्थित जिभा स्लिमिगं सेन्टरको उद्घाटनका क्रममा रिबन काट्दै कलाकार दीपाश्री निरौला, बैंकर्स प्रतिभा लिम्बु ताम्राकार, युवा नेतृ तथा अधिकारकर्मी सृजना अधिकारी, हाइड एण्ड सिक किन्डरगार्डेन प्रि स्कुलकी प्रिन्सिपल कुमुद भट्ट छत्तकुल्ली तथा निमातृ पुनम क्षेत्री गौतम...