Successfully Copied

के सफल अभिभावक हुनुहुन्छ ?

बालबालिकाहरू काँचो माटोसरह हुन्छन् भने अभिभावक कुमालेजस्ता । अभिभावकले बालबालिकालाई जुन रूपमा ढाल्छन्, तिनीहरू त्यही रूपमा विकसित हुँदै जान्छन् अर्थात् बालबालिकाहरूको राम्रोसँग लालन–पालन तथा सुरक्षित भविष्य अभिभावकमा निर्भर रहन्छ ।

बालबालिकाहरू काँचो माटोसरह हुन्छन् भने अभिभावक कुमालेजस्ता । अभिभावकले बालबालिकालाई जुन रूपमा ढाल्छन्, तिनीहरू त्यही रूपमा विकसित हुँदै जान्छन् अर्थात् बालबालिकाहरूको राम्रोसँग लालन–पालन तथा सुरक्षित भविष्य अभिभावकमा निर्भर रहन्छ । 

१. बालबालिकाको उज्ज्वल भविष्य कुन कुरामा आधारित छ ? 

क) राम्रो लालनपालन, 

ख) असल संस्कार, 

ग) राम्रो किताबी ज्ञान । 

२. जब बालबालिकाले गल्ती गर्छन् तब कस्तो व्यवहार गर्नुपर्छ ? 

क) उनीहरूलाई सम्झाउनुपर्छ, 

ख) कुट्नुपर्छ, 

ग) वास्ता गर्नुहुँदैन । 

३. बालबालिकाले करियर छनोट गर्दा वा उनीहरूको भविष्यको निर्णय कसरी लिनुपर्छ ? 

क) आमाबुवा र बालबालिका दुवैको सल्लाहअनुसार, 

ख) बालबालिकालाई स्वयं निर्णय लिन दिनुपर्छ, 

ग) आमाबुवाले निर्णय गर्नुपर्छ । 

४. बालबालिकाले परीक्षामा कम अंक ल्याउँदा कस्तो व्यवहार गर्नुपर्छ ? 

क) अर्को पटक राम्रो अंक ल्याउन सम्झाउनुपर्छ, 

ख) कुट्नुपर्छ, 

ग) खेलकुद बन्द गराउनुर्छ । 

५. बालबालिकालाई यौन शिक्षा प्रदान गर्नुपर्छ कि पर्दैन ? 

क) पर्छ, 

ख) पर्दैन, 

ग) स्थितिअनुरूप ।

६. बालबालिकाले राम्रो काम गरेका बेला के गर्नुपर्छ ? 

क) स्यावासीका साथ पुरस्कार पनि दिनुपर्छ, 

ग) स्यावासी मात्र दिए हुन्छ । 

ग) वास्ता गर्नुहुँदैन । 

७. बालबालिकाका मागका विषयमा के गर्नुपर्छ ? 

क) आवश्यक माग मात्र पूरा गर्नुपर्छ, 

ख) हरेक आवश्यकता पूरा गर्नुपर्छ, 

ग) वास्ता गर्नुहुँदैन । 

८. छोराछोरीबीच कस्तो व्यवहार गर्नुपर्छ ? 

क) फरक गर्नुपर्छ, 

ख) फरक गर्नुहुँदैन, 

ग) यी कुरामा कहिल्यै ध्यान दिइएको छैन । 

९. बालबालिकालाई खेलकुदमा रोक्नु सही हो ? 

क) अध्ययनका साथै खेल पनि जरुरी छ, 

ख) मात्र पढाइमा ध्यान दिनुपर्छ, 

ग) कहिलेकाहीँ खेल्नुपर्छ । 

१०. बालबालिकाको पढाइको जिम्मेवारी कसको हो ? 

क) अभिभावक र शिक्षक दुवैको, 

ख) अभिभावकको, 

ग) शिक्षकको । 

११. बालबालिका एवं अभिभावकबीच कस्तो सम्बन्ध हुनुपर्छ ? 

क) अभिभावकका साथै मित्रको, 

ख) मात्र अभिभावकको जस्तो, 

ग) मात्र मित्रजस्तो । 

१२. असल अभिभावकको कर्तव्य के हो ? 

क) आवश्यकता पूरा गर्नुका साथै समय र प्रेम दिनु, 

ख) बालबालिकाको माग पूरा गर्नु, 

ग) तिनका समस्याहरू समाधान गर्नु । 

परिणाम 

उत्तरमा ‘क’ बढी छ भने तपाईं राम्रो अभिभावक हुनुहुन्छ । तपाईं आफ्ना सन्तानको हरेक आवश्यकता पूरा मात्र गर्नुहुन्न, तिनको राम्रो लालनपालनमा तत्पर पनि रहनुहुन्छ । 

अधिकांश उत्तर ‘ख’ छ भने तपाईं राम्रो अभिभावक हुनुका साथै आफ्नो कर्तव्य निर्वाह गर्न चाहनुहुन्छ तर सक्नुभएको छैन । कारण राम्रो अभिभावकको कर्तव्यका बारेमा तपाईं पूर्णरूपमा जानकार हुनुहुन्न । 

अधिकांश उत्तर ‘ग’ छ भने तपाईं केही मामिलामा राम्रो अभिभावक हुनुहुन्छ र सोहीअनुसार कर्तव्य पनि निर्वाह गर्नुहुन्छ । यद्यपि धेरैजसो स्थितिमा बढी माया गरेर उनीहरूलाई बिगार्नुहुन्छ

 

 Image