Successfully Copied

अझ परिस्कृत कान्तिपुर अनलाइन

समयको परिदृश्य निकै परिवर्तन भैरहेको छ । समयअनुसार सञ्चार माध्यमहरूमा पनि निकै परिवर्तन आइरहेको छ । नेपाली सञ्चार जगत्ले दुई दशकयता ठूलो परिवर्तन अनुभव गरेको छ । कान्तिपुर पब्लिकेसन्सको स्थापनापश्चात् नेपाली सञ्चार जगत्मा आमूल परिवर्तन आएको अनुभव गर्न सकिन्छ ।

समयको परिदृश्य निकै परिवर्तन भैरहेको छ । समयअनुसार सञ्चार माध्यमहरूमा पनि निकै परिवर्तन आइरहेको छ ।  नेपाली सञ्चार जगत्ले दुई दशकयता ठूलो परिवर्तन अनुभव गरेको  छ । कान्तिपुर पब्लिकेसन्सको स्थापनापश्चात् नेपाली सञ्चार जगत्मा आमूल परिवर्तन आएको अनुभव गर्न सकिन्छ । प्रविधिको क्रान्तिसँगै करिब दुई दशकको निरन्तरतामा कान्तिपुर ग्रुप पूर्णरूपमा डिजिटल हुँदै गएको छ । सूचना तपाईंको अधिकार भन्ने नाराका साथ सञ्चार क्षेत्रमा छाएको कान्तिपुर मिडिया ग्रुपले आफ्नो अनलाइन संस्करणलाई अझ परिस्कृत गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबीच सूचनाको पहुँच बढाएको छ । कान्तिपुर मिडिया ग्रुपले वेबको महत्व तथा यसको प्रभावकारिताका साथै समयको मागलाई मध्यनजर गर्दै आफ्नो अनलाइन संस्करणमा परिवर्तन ल्याउन लागेको छ । डिजिटल माध्यमबाट हरेक क्षेत्रका मानिस सञ्चारसँग जोडिन्छन् । पत्रिका पुग्न नसक्ने ठाउँमा पनि विविध समाचारका साथै अन्य विविध जानकारी पढ्न तथा सुन्न सकिन्छ । यो निकै प्रभावकारी माध्यम हो । त्यसैले गर्दा पनि अनलाइन पाठकहरूको संख्यामा दिनप्रतिदिन वृद्धि भैरहेको छ । सबैतिर सजिलै पुग्ने सहज माध्यम भएकाले कान्तिपुर मिडिया ग्रुपले आफ्नो अनलाइन संस्करणमा परिमार्जन ल्याउन लागेको हो । 

कान्तिपुर मिडिया ग्रुपले आफ्नो अनलाइन संस्करणलाई परिमार्जन गर्दै सूचनाको पहुँचलाई अझ बृहत् बनाएको छ । अब अनलाइन संस्करणमा समाचार र घटना  विश्लेषणले अझ तीव्रता पाउनेछन् । ग्रुपको अनलाइन संस्करणमा आफ्ना सबै प्रकाशनको अनलाइन पोर्टल हुनुका साथै सबै पोर्टलमा प्रकाशित समाचार एवं घटना विश्लेषणलाई कान्तिपुर डटकममार्फत हेर्न तथा पढ्न सकिनेछ । अनलाइन संस्करणमा पाठकहरूले आफ्नो इच्छाअनुसार पत्रिका छनोट गरी आफूले रुचाएको समाचार पढ्न सक्नुहुनेछ । दिनहुँ पत्रिकामा आउने भन्दा फरक स्वाद तथा सूचना अनलाइन संस्करणमा पढ्न तथा हेर्न सकिनेछ । यसमा प्रकाशन हुने समाचार तथा लेखमा विविधता त हुनेछ नै यसलाई विस्तृत पनि तुल्याइएको छ । कान्तिपुर मिडिया ग्रुपको अनलाइन संस्करणले अब समाजका विविध आयामहरूलाई समेट्ने छ अर्थात् बढीभन्दा बढी क्षेत्रका समाचार यसमा अटाउनेछन् । यसको प्रस्तुतिसमेत फरक तरिकाले हुनेछ । हरेक प्रकाशनलाई बृहत् तथा सूचनामूलक बनाइनेछ । कुनै पनि समाचारलाई चाँडोभन्दा चाँडो पाठकसम्म पुर्‍याई सुसूचित गर्नु कान्तिपुर अनलाइनको प्रमुख लक्ष्य हो । त्यसबाहेक परिवर्तित प्रविधिको बानी बसाल्नु यसको अर्को उद्देश्य हो ।  त्यसै पनि ई–कान्तिपुरको ई पोर्टलले निकै सफलता हासिल गरिसकेको छ । कान्तिपुर मिडिया ग्रुपको यो परिस्कृत संस्करणले पक्कै पनि सबैमा सूचनाको अधिकारलाई समान रूपले अघि बढाउनेछ । चाहे सुगम चाहे दुर्गम चाहे देश चाहे विदेश माउस क्लिक गरेको भरमै आफूले चाहेको सूचना उपलब्ध हुनेछ । कान्तिपुर मिडिया ग्रुपको यो अनलाइन संस्करण नेपाली सञ्चार जगत्का लागि कोशेढुंगा साबित हुनेछ । 

 Image