‘खेलकुदमा पनि सिइओ हुन्छ भन्ने प्रश्न गर्छन्’
खेलकुदमा नै करिअर बनाउने हुटहुटीले अगाडि बढेकी उनी भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र महिला खेलाडीलाई सशक्तीकरण गर्ने अभियानमा होमिएकी छन् ।
विभिन्न सामाजिक संस्थामा आबद्ध लक्की शेर्पा सकारात्मक सोच राख्छिन्् । जीवनमा जतिसुकै अप्ठ्यारो आइपरे पनि त्यसबाट हतास नहुुनु उनको विशेषता हो । ४० वर्षीया शेर्पा दुई सन्तानकी आमा हुन् । आफ्नो प्रयासले बनेको देशी–विदेशी सञ्जाललाई जीवनभरिको कमाइ मान्ने लक्की फुर्सदमा संगीतमा रम्न मन पराउँछिन्, मानिसहरूको जीवनी पढेर उनीहरूले जीवनमा अपनाएका राम्रा पक्ष अनुसरण गर्ने प्रयास गर्छिन् ।

तस्बिर: श्रुति श्रेष्ठ