Successfully Copied

तरुणिका महतो, फेसन डिजाइनर

मोटा महिलाहरूले तीजमा जर्जेट फेब्रिक नै छान्नुपर्छ । नेटमा स्लिम देखिने भए पनि बडी देखिने हुँदा नराम्रो देखिन्छ । मोटो शरीर भएकाहरूले धेरै हेभी साडी लगाउनु हुँदैन । सानो बोर्डर मात्र राख्दा दुब्लो देखिन्छ । क्रेपमा हल्का भरेर अलि लामो ब्लाउज लगाउँदा स्लिम

किशोरीहरूका लागि कस्तो डिजाइनको पहिरन उपयुक्त हुन्छ ?

यो उमेरका लागि मरुन, पिंक, पर्पल, रानी तथा पिच कलर सुहाउँछ । तीजमा किशोरीहरूका लागि झिलिमिली देखिने तथा परम्परा झल्काउने पहिरन उपयुक्त हुन्छ । अनारकली कुर्ता–सुरुवाल एवं वानपिसलाई स्टोन, गोल्ड, वर्क, प्याच वर्क, बोर्डर प्याच गरेर बनाउन सकिन्छ । किशोरीहरूमा कन्ट्रास्ट कलर राम्रोसँग खुल्छ । 

मोटा महिलाका लागि कस्तो पहिरन उपयुक्त हुन्छ र?

मोटा महिलाहरूले तीजमा जर्जेट फेब्रिक नै छान्नुपर्छ । नेटमा स्लिम देखिने भए पनि बडी देखिने हुँदा नराम्रो देखिन्छ । मोटो शरीर भएकाहरूले धेरै हेभी साडी लगाउनु हुँदैन । सानो बोर्डर मात्र राख्दा दुब्लो देखिन्छ । क्रेपमा हल्का भरेर अलि लामो ब्लाउज लगाउँदा स्लिम देखिन्छ । लेहेंगा लगाउने सोच छ भने नेटको लेहेंगामा लामो चोली लगाउन सकिन्छ । 

कामकाजी महिलाहरूका लागि कुनै स्पेशल डिजाइन छ कि र?

बानी नभएका कामकाजी महिलाहरूलाई दिनभरि साडी लगाउन गार्‍हो हुन्छ । तसर्थ उनीहरूले सजिलो हुने लेहेंगा वा फिक्स साडी लगाउन सक्छन् । साडीबाहेक लेहेंगा पनि राम्रो देखिन्छ । लेहेंगा र साडीभन्दा पनि पञ्जाबी कुर्ता–सुरुवाल उपयुक्त पहिरन हो । गलामा भरिएको पञ्जाबी कुर्ता–सुरुवालले फेस्टिब लुक्स दिन्छ भने लगाउँदा सहज पनि हुन्छ ।

तीजका लागि यसपटक रातोबाहेक कुन–कुन रंग चल्तीमा छन् र?

अहिले तीजमा रातो रंगका साथै अन्य उज्याला रंग पनि प्रयोग हुन थालेका छन् । लाइट पिंक, ग्रिनको एल्लो सेड, लेमन ग्रिन, पिच, ओरेन्ज, पर्पल, डार्क पर्पल तथा रानी रंगहरू तीज पहिरनमा प्रयोग गर्न सकिन्छ । 

 

 Image