मेष
दाम्पत्य जीवन सुखमय रहनेछ । कार्य सफल हुनेछ । इष्टमित्र एवं साथीसँगीसित भेटघाट गर्ने अवसर जुट्नेछ । सन्तानबाट सुख पनि प्राप्त होला । कार्यक्षेत्रमा उन्नति गर्ने अवसर मिल्नेछ । आकस्मिक स्वास्थ्य समस्या देखापर्न सक्छ । शैक्षिक एवं प्रतियोगितात्मक क्रियाकलापमा सफलता हात लाग्नेछ । भ्रमणको योग पनि छ ।
वृष
घरायसी कार्यमा व्यस्त रहनुपर्ला । काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष सबल रहनेछ । विभिन्न सरसामग्रीको किनमेल हुनेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । अध्ययन–अध्यापनको क्षेत्र सफल रहनेछ । व्यावहारिक कार्य गर्दा सजग रहनुहोला । दाम्पत्य जीवनमा खटपट पर्नसक्छ ।
मिथुन
इच्छा गरिएका सबै कार्य सम्पन्न हुँदै जानेछन् । पराक्रम बढ्नेछ । पारिवारिक जमघट हुनेछ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रतिको जिम्मेवारी बढ्नेछ । विशेष कामले यात्रा गर्नुपर्ला । पारिवारिक सुख मिल्नुका साथै छोराछोरीबाट पनि सन्तोष प्राप्त हुनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ भने मनमा प्रसन्नता छाउनेछ ।
कर्कट
पारिवारिक काममा बढी संलग्न रहनुपर्ला । घर खर्च बढ्नुका साथै काममा पनि खासै जाँगर चल्ने छैन । विभिन्न उपहार प्राप्त हुनेछन् । आफ्नो इच्छानुसार काम गर्ने अवसर प्राप्त हुनेछ । श्रीमान्बाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । सफलता प्राप्त गर्न कडा परिश्रम गर्नुपर्नेछ । स्वास्थ्यका कारण काममा बाधा सिर्जना हुनसक्छ । यात्रामा मालसामान हराउने योग छ ।
सिंह
महिनाभरि नै व्यस्त रहनुपर्ला । विभिन्न कामको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । स–साना कुराका निम्ति पनि आपैंm खट्नुपर्नेछ । यात्राको योग छ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्छ । शरीरमा कमजोरी पैदा हुनसक्ने भएकाले धेरै दौडधूप नगर्नुहोला । हडबड नगरी धैर्य एवं संयमपूर्वक कार्य गरे चाँडै काम बन्नसक्छ ।
कन्या
इष्टमित्र एवं साथीहरूसित भेटघाट हुनेछ । अत्यावश्यक सामग्रीको जोहो होला । प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्नेछन् । अपजस मिल्ने तथा वादविवाद हुने सम्भावना छ । आर्थिक क्षेत्र लाभदायक नहुनसक्छ । सहयोगी हातहरू पछि हट्नसक्ने भएकाले कसैको सहयोगको अपेक्षा नगर्नु नै उपयुक्त हुन्छ । सकेसम्म धैर्य धारण गर्दै काम गरे सफलता हात पर्नुका साथै मनमा आनन्द छाउनेछ ।
तुला
यात्रा हुनसक्छ । मनले आँटेका काममा सफलता मिल्नेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त होला । शैक्षिक, न्यायिक एवं प्रतियोगितात्मक कार्यमा सफलता प्राप्त हुनेछ । धार्मिक कार्यमा संलग्न हुने अवसर जुट्नेछ । मान–सम्मान पनि प्राप्त होला । संचार माध्यममा लेख वा अन्तर्वार्ता आउनसक्छ । अनपेक्षित वादविवाद हुने भएकाले सावधान रहनु उपयुक्त हुन्छ ।
वृश्चिक
योजनानुरूप काममा सफलता हात पर्दै जानेछ । थन्किएर बसेका कामहरू सफल हुनेछन् । पारिवारिक सुख–समृद्धि बढ्नेछ । दाम्पत्य जीवन सफल रहनेछ । आर्थिक लाभ हुनुका साथै उपहारहरू प्राप्त हुनसक्छन् । छोराछोरीबाट पनि सन्तोष मिल्नेछ । व्यावसायिक क्षेत्र फाइदाजनक होला । प्राय: सबै कार्य आफ्नै प्रभुत्वमा सम्पन्न हुनेछन् ।
धनु
पारिवारिक सुख बढ्नेछ । विभिन्न कुराको लाभ हुनेछ । श्रीमान्बाट पनि अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ । काम गर्दागर्दै आकस्मिक बाधा आइलाग्न सक्छ । आर्थिक समस्याले पनि सताउनेछ । सम्भावित स्वास्थ्य समस्याबाट जोगिन खानपिनमा ध्यान दिनुपर्नेछ । धैर्यपूर्वक काम गर्दा सबै बाधाबाट पार लाग्न सकिनेछ । हडबडमा कुनै पनि कार्य नगर्नुहोला ।
मकर
सफलता प्राप्त गर्न निकै खट्नुपर्नेछ । कामको परिणाम कस्तो होला भनेर चिन्ता लाग्नसक्छ । श्रीमान्ले गरेको सहयोगमा चित्त नबुझ्न सक्छ । स्वास्थ्य समस्या देखा पर्नेछ । लेनदेनका काममा समस्याहरू आइलाग्लान् । पारिवारिक समस्या उत्पन्न हुनसक्ने देखिन्छ । धैर्यपूर्वक काम सम्पन्न गर्ने प्रयास गर्नु उपयुक्त हुन्छ ।
कुम्भ
अपेक्षित सफलता मिल्नेछ । प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । न्यायिक एवं प्रतियोगितात्मक कार्यमा सफल भइनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । विभिन्न कुराको लाभ हुनेछ । पारिवारिक सुख बढ्नेछ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्छ । बोली एवं व्यवहारमा सतर्कता अपनाउनुका साथै कार्यक्षेत्रमा सजग रहनु उपयुक्त हुन्छ ।
मीन
उत्साह एवं पराक्रम बढ्नेछ । शारीरिक एवं मानसिक पीडाबाट छुटकारा मिल्नेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । खुसीको समाचार सुन्न पाइएला । साथीसँगीसँग भेटघाट गर्ने अवसर जुट्नेछ । वादविवाद हुने योग छ, त्यसैले सकेसम्म कम बोल्नुहोला । आफ्नो कार्यक्षेत्रमै सक्रिय रहने प्रयास गर्नु फलदायक हुन्छ ।