Successfully Copied

के तपाईं सफल अभिभावक हुनुहुन्छ ?

उत्तरमा ‘क’ बढी छ भने तपाईं राम्रो अभिभावक हुनुहुन्छ । तपाईं आफ्ना सन्तानको हरेक आवश्यकता पूरा मात्र गर्नुहुन्न, तिनको राम्रो लालनपालनमा

बालबालिकाको उज्ज्वल भविष्य कुन कुरामा आधारित छ ?

क) राम्रो लालनपालन,

ख) असल संस्कार,

ग) राम्रो किताबी ज्ञान ।

जब बालबालिकाले गल्ती गर्छन् तब कस्तो व्यवहार गर्नुपर्छ ?

क) उनीहरूलाई सम्झाउनुपर्छ,

ख) कुट्नुपर्छ,

ग) वास्ता गर्नुहुँदैन ।

बालबालिकाले करियर छनोट गर्दा वा उनीहरूको भविष्यको निर्णय कसरी लिनुपर्छ ?

क) आमाबुवा र बालबालिका

दुवैको सल्लाहअनुसार,

ख) बालबालिकालाई स्वयं निर्णय लिन दिनुपर्छ,

ग) आमाबुवाले निर्णय गर्नुपर्छ ।

बालबालिकाले परीक्षामा कम अंक ल्याउँदा कस्तो व्यवहार गर्नुपर्छ ?

क) अर्को पटक राम्रो अंक ल्याउन सम्झाउनुपर्छ,

ख) कुट्नुपर्छ,

ग) खेलकुद बन्द गराउनुर्छ ।

बालबालिकालाई यौन शिक्षा प्रदान

गर्नुपर्छ कि पर्दैन ?

क) पर्छ,

ख) पर्दैन,

बालबालिकाले राम्रो काम गरेका बेला के गर्नुपर्छ ?

क) स्यावासीका साथ पुरस्कार पनि दिनुपर्छ,

ग) स्यावासी मात्र दिए हुन्छ ।

ग) वास्ता गर्नुहुँदैन ।

बालबालिकाका मागका विषयमा

के गर्नुपर्छ ?

क) आवश्यक माग मात्र पूरा गर्नुपर्छ,

ख) हरेक आवश्यकता पूरा गर्नुपर्छ,

ग) वास्ता गर्नुहुँदैन ।

छोराछोरीबीच कस्तो

व्यवहार गर्नुपर्छ ?

क) फरक गर्नुपर्छ,

ख) फरक गर्नुहुँदैन,

ग) यी कुरामा कहिल्यै ध्यान दिइएको छैन ।

बालबालिकालाई खेलकुदमा

रोक्नु  सही हो ?

क) अध्ययनका साथै खेल पनि

जरुरी छ,

ख) मात्र पढाइमा ध्यान दिनुपर्छ,

ग) कहिलेकाहीँ खेल्नुपर्छ ।

बालबालिकाको पढाइको जिम्मेवारी

कसको हो ?

क) अभिभावक र शिक्षक दुवैको,

ख) अभिभावकको,

ग) शिक्षकको ।

बालबालिका एवं अभिभावकबीच कस्तो सम्बन्ध हुनुपर्छ ?

क) अभिभावकका साथै मित्रको,

ख) मात्र अभिभावकको जस्तो,

ग) मात्र मित्रजस्तो ।

असल अभिभावकको

कर्तव्य के हो ?

क) आवश्यकता पूरा गर्नुका साथै

समय र प्रेम दिनु,

ख) बालबालिकाको माग पूरा गर्नु,

ग) तिनका समस्याहरू समाधान गर्नु ।

परिणाम

उत्तरमा ‘क’ बढी छ भने तपाईं राम्रो अभिभावक हुनुहुन्छ । तपाईं आफ्ना सन्तानको हरेक आवश्यकता पूरा मात्र गर्नुहुन्न, तिनको राम्रो लालनपालनमा तत्पर पनि रहनुहुन्छ ।

अधिकांश उत्तर ‘ख’ छ भने तपाईं राम्रो अभिभावक हुनुका साथै आफ्नो कर्तव्य निर्वाह गर्न चाहनुहुन्छ तर सक्नुभएको छैन । कारण राम्रो अभिभावकको कर्तव्यका बारेमा तपाईं पूर्णरूपमा जानकार हुनुहुन्न ।

अधिकांश उत्तर ‘ग’ छ भने तपाईं केही मामिलामा राम्रो अभिभावक हुनुहुन्छ र सोहीअनुसार कर्तव्य पनि निर्वाह गर्नुहुन्छ । यद्यपि धेरैजसो स्थितिमा बढी माया गरेर उनीहरूलाई बिगार्नुहुन्छ ।

 Image