Successfully Copied

कसरी रोक्ने असामयिक बुढ्यौली

मानिसमा बूढोपन आउनु प्राकृतिक कुरा हो । यसका साथै मानसिक दबाब तथा विभिन्न समस्याका साथै अनुहारको राम्रो स्याहार नगर्नाले पनि उमेरभन्दा पहिले नै बूढोपन आउँछ ।

सिर्जना प्रधान पोखरेल

महेक ब्युटिपार्लर एण्ड टङ

मानिसमा बूढोपन आउनु प्राकृतिक कुरा हो । यसका साथै मानसिक दबाब तथा विभिन्न समस्याका साथै अनुहारको राम्रो स्याहार नगर्नाले पनि उमेरभन्दा पहिले नै बूढोपन आउँछ । यसका मुख्य दुईवटा कारण छन् ।

क) आन्तरिक कारण

ख) बाह्य कारण

उमेरका साथसाथै तेल ग्रन्थि र पसिना ग्रन्थि निस्क्रिय हुँदै जानु, समय–समयमा बिरामी हुनु, टिस्यु खुम्चिनु, सन्तुलित भोजनको कमी हुनु, महिनाबारीमा घटबढ हुनु वा महिनाबारी बन्द हुनु, बढी चिन्ता लिनु, मोटाउनु वा एकैपटक दुब्लाउनु आदि असमयमै देखा पर्ने बुढ्यौलीका लक्षण हुन् भने नुनिलो, गुलियो बढी सेवन गर्नु, धूम्रपान सेवन गर्नु, गर्भनिरोधक गोली खानु, गर्भपतन गराउनु, राम्रो कस्मेटिकको प्रयोग नगर्नु, उमेरअनुसारको फेसियल नगर्नु आदि यसका कारण हुनसक्छन् । अनुहारमा धेरै स्टिम लिनु, धेरै घाममा हिँड्नु पनि यसका कारण हुन् ।

अनुहारमा कुनै पनि प्रकारको चाउरीपन देखापर्ने, आँखा निस्तेज (कमजोर) हुने, छाला सुख्खा हुँदै जाने, छाला पातलो हुँदै जाने, रोमछिद्र खुल्ला हुने, घाँटीमा धर्कादार मुज्जा पर्ने, कमजोर महसुस हुने आदि लक्षणबाट पनि बुढ्यौली आएको थाहा पाउन सकिन्छ । यस्तो बेला छाला खराब हुनबाट जोगाउन सन्तुलित आहार खाने, प्रशस्त मात्रामा पानी पिउने, छालाको प्रकारअनुसार क्लिजिङ मिल्क, टोनर तथा नाइट क्रिम दैनिक प्रयोग गर्ने । महिनाको दुईपटक फेसियल गर्ने, दिनमा ३–४ लिटर पानी पिउने, प्रशस्त मात्रामा हरियो सागपात, फलफूल सेवन गर्ने अनि सधै सकारात्मक सोच राख्ने, समयमै सुत्ने, समयमै उठ्ने, योग–व्यायाम गर्ने, मेडिटेसन गर्ने बानी बसालेर बुढ्यौलीका लक्षण कम गर्न सकिन्छ ।

पाको उमेरमा छाला पातलो, लचिलो हुन्छ । छालामा परिवर्तन आउन थाल्छ । यो उमेरमा पिम्पल आउने, चायाँ देखापर्ने, सानातिना दागहरू ठूलो हुँदै जाने, आँखाको डिल सुन्निने, आँखा तथा मुखको कुना एवं निधारमा चाउरी देखापर्न थाल्छ । छालाको रंगमा परिवर्तन हुँदै जान्छ । यतिबेला छालाको हेरचाह गर्न एकदम जरुरी हुन्छ । वृद्धावस्थामा छालाको स्याहारका लागि बिहान र बेलुकी क्लिजिङ मिल्क प्रयोग गर्ने, डे–नाइट क्रिम दिनहँु प्रयोग गर्ने तथा महिनामा दुईपटक फेसियल गर्ने बानी बसाल्नुपर्छ ।

 Image