संसारमा त्यस्ता मानिस नहोलान्, जसलाई यात्रा मन पर्दैन । अझ कतिपय त यस्ता पनि हुन्छन्, जसले घुमफिर गर्नुलाई जीवनको एकमात्र लक्ष्य बनाएका हुन्छन् । कतिपय त घुमफिरबाट मात्र अघाउँदैनन्, उनीहरूलाई रोमाञ्चक यात्रा पनि मन पर्छ । आफूलाई कस्तो यात्रा मन पर्छ ? जानौं ।
जब जीवनसाथीले भन्नेछन्, यसपालि छुट्टी बिताउन सात घन्टाको उडान भरिनेछ, तब तपाईं के गर्नुहुन्छ ?
क. खुसीले उद्वेलित हुनुहुनेछ,
ख. सुझाव दिनुहुन्छ कि दुई घन्टाको उडानमा पुग्न सकिने गन्तव्य छनोट गरौं,
ग. घरबाट केवल पाँच घन्टाको यात्रा गर्न सुझाव दिनुहुन्छ ।
के तपाईंलाई लामो समुद्री यात्राको सोचले उत्तेजित बनाउँछ ?
क. कहिल्यै बनाउँदैन,
ख. हुनसक्छ, राम्रो लाग्छ,
ग. धेरै उत्तेजित बनाउँछ ।
ट्राभलका लागि कुन शैली मन पराउनुहुन्छ ?
क. जुन जोसिलो, रोमाञ्चक एवं बहादुरीले भरिएको हुन्छ,
ख. जसमा कुनै जोखिम वा खतरा नहोस्,
ग. जब समय आउँछ, हेरौंला, कुनै हतार छैन ।
लामो यात्राका लागि कुन साधन मन पर्छ ?
क. एउटा यस्तो आरामदायक शाही सवारी, जसबाट आराम र सुविधाको भरपूर आनन्द लिन सकियोस्,
ख. कुनै पनि साधन भए हुन्छ,
ग. एउटा त्यस्तो गाडी जुन जस्तोसुकै स्थानमा जान सक्छ ।
समुद्री यात्राको आनन्द लिइरहेका बेला मौसम एकदमै खराब भयो भने कहाँ बस्नुहुन्छ ?
क. डेकमा,
ख. आफ्नो क्याबिनमा गएर बस्नुहुन्छ,
ग. लाउन्जमा पुग्नुहुन्छ ।
खराब मौसममा हवाईजहाजमा हुनुहुन्छ ?
क. बेचैन हुँदै आफ्नो सिटबाट उठ्नुहुन्छ,
ख. सहज बन्ने प्रयास गर्नुहुन्छ,
ग. सहज रूपमा परिस्थितिसँग इन्जोय गर्नुहुन्छ ।
के कहिल्यै बेलुन राइडमा जान चाहनुहुन्छ ?
क. यदि मौसम ठीक छ भने जान्छु,
ख. जान्छु, जब मौसम खुला र हावाको रफ्तार तेज हुन्छ,
ग. अहँ जान्नँ ।
यात्राका क्रममा यदि दुई घन्टा हात्तीको सवारी गर्नुपर्यो भने
क. तुरुन्त जानुहुन्छ,
ख. सीमित साधन मात्र मन पराउनुहुन्छ,
ग. जानुहुन्न ।
विदेश यात्राका लागि सबैभन्दा लामो अनुभव कुन हुनसक्छ ?
क. दुई हप्ताको होलिडे प्याकेज,
ख. एक महिनाभन्दा बढी,
ग. एक वर्षभन्दा बढी ।
विदेश यात्राका क्रममा त्यहाँको भाषा सिक्न वा परिकार चाख्न
क. सधैं तयार रहनुहुन्छ,
ख. एकपटक प्रयास गर्नुहुन्छ,
ग. अहँ, गर्नुहुन्न ।
परिणाम
७० देखि १०० अंक
यात्रा तपाईंलाई एकदमै मन पर्छ । सामान कम होस्, आरामदायक जुत्ता होस्, घामबाट बच्न क्याप होस् अर्थात् यस्तो स्थान होस्, जहाँ जान मानिस इच्छुक हुन्छन् । डर नामको कुनै चीज तपाईंको मनमा छैन । यो उत्साही भावना लामो समयसम्म कायम रहोस् ।
४० देखि ७० अंक
तपाईं यात्रा गर्न रुचाउनुहुन्छ तर, जब कुनै खतरा वा समस्या आउँछ तब नर्भस हुनुहुन्छ । यद्यपि यात्रा कसरी गर्ने भन्ने कुुरा तपाईंलाई थाहा छ । परिणाम तपाईंको यात्रा राम्रो र आरामदायक हुन्छ ।
० देखि ४० अंक
तपाईंका लागि यात्रा गर्नु कुनै डरलाग्दो सपना जस्तै त्रासदी हो । तपाईंमा घरमै आरामसाथ बस्ने बानी छ र यसमा तपाईं कुनै प्रकारको परिवर्तनको इच्छा राख्नुहुन्न । तपाईं यात्राका क्रममा अलग किसिमको साधन प्रयोग गर्न पनि इच्छुक हुनुहुन्न । यदि तपाईं यसमै खुसी हुनुहुन्छ भने ठीकै छ । यद्यपि जीवनलाई थप रोमाञ्चक र स्मरणीय बनाउन चाहनुहुन्छ भने यात्राको योजना अवश्य बनाउनुहोस् ।
स्कोर
क्रम क ख ग
१. १० ५ ०
२. ० ५ १०
३. १० ० ५
४. ० १० ५
५. १० ० ५
६. ० ५ १०
७. ५ १० ०
८. १० ५ ०
९. ० ५ १०
१०. १० ५ ०