घुम्नकै लागि नेपालीहरू विश्वका विभिन्न मुलुक पुग्ने गरेका छन् । कोही परिवारसहित त कोही एक्ला-एक्लै त्यस्तो यात्रामा निस्कन्छन्, देश-विदेश घुम्छन्, नयाँ सभ्यता तथा रहनसहनसँग साक्षात्कार गर्छन् । विश्वमा त्यस्ता थुप्रै गन्तव्य छन्, जसले पर्यटकलाई हार्दिक आमन्त्रण गरिरहेका छन् ।
योसेमिट नेसनल पार्क, क्यालिफोर्निया
यो पार्क युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ । यहाँ भएका पहाड, वाटरफल तथा वाइल्डलाइफ विश्वमा अरू कतै भेटिँदैनन् । प्राकृतिक सौन्दर्यका हिसाबले स्वीट्जरल्यान्डभन्दा कम छैन यो पार्क । १२ सय स्क्वायर माइलमा फैलिएको यो पार्क वाइल्डलाइफले भरिपूर्ण छ । १८९० मा निर्मित यो पार्कमा अहिलेसम्म करोडौंले भ्रमण गरिसकेका छन् ।
क्योटो, जापान
जापानको भ्रमण गर्दै हुनुहुन्छ भने क्योटो सहरको पनि फन्को लगाउन बिर्सनुहुँदैन । जापानको सुन्दर सहरमध्ये एक हो-क्योटो । यहाँको स्टि्रट फुड, मन्दिर एवं प्राकृतिक सम्पदाले पर्यटकको मन सजिलै लोभ्याउँछ । जापानको राजनीति तथा संस्कृतिका लागि यो विशेष स्थान हो ।
मस्कट, ओमन
नीलो पानीले भरिएको समुद्र तथा अग्ला-अग्ला पहाडका कारण यो सहर एकदमै सुन्दर छ । अत्याधुनिक संरचनाले सिंगारिएको यो सहरले पौराणिक संस्कृतिलाई पनि उत्तिकै जीवन्त राखेको छ । मस्कटका घर, स-साना पसल, बजार तथा भवनहरूले ओमनको संस्कृति बोकेका छन् । यहाँ केही मस्जिद पनि छन्, जसको अवलोकनले भिन्न महसुस गराउँछ ।
बाली, इन्डोनेसिया
नीलो समुद्र र प्राचीन मन्दिर भएको स्थानको भ्रमण गर्न चाहनुहुन्छ भने इन्डोनेसियाको बाली द्वीपको यात्रा गर्नुहोस् । बालीको सुन्दरताले जोकसैलाई लोभ्याउँछ । यो इन्डोनेसियाई प्रान्तमा ८४ प्रतिशत हिन्दू बसोबास गर्छन् । जुलाई र अगस्ट महिनामा यहाँको मौसम एकदमै राम्रो हुन्छ । बालीमा इन्डोनेसियासँग जोडिएका कला तथा संस्कृतिका सम्बन्धमा पनि जानकारी हासिल गर्न पाइन्छ ।
बार्सिलोना, स्पेन
स्पेनको यो सहरमा यस्ता संरचना देख्न पाइन्छ, जसलाई हेरेर हाम्रो मन कहिल्यै अघाउँदैन । स्पेनिस परिकारमा स्विट्स तथा सी फुड निकै चर्चित छन् । घर, होटल तथा इतिहाससँग जोडिएको सम्पदाले आगन्तुकहरूलाई सजिलै लोभ्याउने सामथ्र्य राख्छ ।
इस्तानवुल, टर्की
यहाँका केही मस्जिद, बजार तथा टर्किस वाथले सबैलाई लोभ्याउँदै आएको छ । यहाँ हजारौं फिट उचाइमा बनेको एउटा विशेष पुल छ, जसको नाम हो-फैथ सुल्तान मेहमेट वि्रज । यो आफ्नो उचाइ र बनावटका लागि विश्वभर चर्चित छ । त्यसो त यो टर्कीको सबैभन्दा ठूलो सहर पनि हो, जहाँ टर्कीको सम्पूर्ण संस्कृति अवलोकन गर्न पाइन्छ ।
क्विनस्टोन, न्युजिल्यान्ड
अस्ट्रेलिया बस्नेहरूका लागि न्युजिल्यान्ड होलिडे डेस्टिनेसन हो । यहाँ हुने माउन्टेन वाइकिङ तथा जेट वोट राइडले पर्यटकहरूलाई आकषिर्त गर्छ । न्युजिल्यान्डको यो सहर पहाडले घेरिएको छ । क्रिस्टलजस्तो चम्किने पानीको ताल, प्राकृतिक सौन्दर्य एवं साहसिक पर्यटनले यसलाई थप आकर्षक बनाएको छ ।
राजस्थान, भारत
राजस्थान भारतको प्राचीन संस्कृतिले भरिपूर्ण राज्य हो । यहाँ पूरा भारतको संस्कृति तथा सभ्यता देख्न पाइन्छ । राजस्थानमा विभिन्न राजा-महाराजाका दरबार अवलोकन गर्न सकिन्छ ।
रियो दि जेनेरियो, ब्राजिल
ब्राजिलको दोस्रो ठूलो राज्य हो-रियो दि जेनेरियो । यो स्थान प्राकृतिक अवस्थिति, कार्निभल, साम्बा एवं अन्य सांगीतिक परेडका निम्ति प्रख्यात छ । खासगरी ईसा मसिहाको विशाल प्रतिमा तथा फुटबल स्टेडियम माराकानाले यहाँको पर्यटकीय महत्वलाई उँचो बनाएको छ । यो राज्य कोपाकबाना तथा इपानेमाजस्ता आकर्षक समुद्री तटसँग जोडिएको छ ।
रोम, इटली
इतिहासमा रुचि राख्नेहरूले एकपटक इटलीको रोम सहर पुग्नैपर्छ । यो सहरमा इसाई धर्मसँग जोडिएको पूरा इतिहास हेर्न पाइन्छ । रोममा ३ सय गिर्जाघर छन् । त्यति मात्र होइन, यो सहरको इतिहास महाभारतसँग पनि जोडिएको छ ।