Successfully Copied

पुस महिनाको राशिफल

मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।

मेष

सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ । धार्मिक भावनाले गर्दा मन प्रसन्न रहनेछ । कसैले तपाईंंलाई उचाल्ने प्रयास गरे पनि स्वविवेकले आफ्नो काम सही ढंगले सम्पन्न गर्ने राम्रो प्रयास हुनेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । आर्थिक पक्ष सुदृढ भए पनि यो महिना व्यावसायिक क्षेत्रका निमित्त खासै अनुकूल देखिँदैन । अनावश्यक तनाव र झमेलाबाट फुत्कन केही समय आफ्नो व्यक्तिगत कार्य र स्वास्थ्यका लागि छुट्याउनु राम्रो हुन्छ ।  

वृष

पारिवारिक सुख मिल्नेछ । अपेक्षित रूपले काममा सफलता मिल्दै जानेछ । माइतीपक्षसित भेटघाट गर्ने समय जुट्नेछ । रोकिएका कामहरू पूर्ण हुँदै जानेछन् । आर्थिक पक्ष सबल रहनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । विभिन्न कुराको लाभ हुनेछ । कहिलेकाहीँ दाम्पत्य जीवनमा वैचारिक मतभेद भए पनि एक–अर्काप्रतिको माया एवं सद्भाव भने यथावत् रहनेछ । काम गर्दा मनमा दोधार हुनसक्छ । समसामयिक परिस्थिति र कामको प्राथमिकतालाई विचार गरी काम गरेमा सजिलो हुनेछ ।

मिथुन

यात्राको योग छ ।  कसैकसैको यो महिनामा व्यक्तिगत वा अफिसियल कामकाजले यात्रा हुनसक्छ । पारिवारिक सुख र सहयोग मिल्नेछ । आफ्नो कामको प्राथमिकता हेरेर समय र परिस्थितिअनुरूप आपूmलाई अनुकूल बनाउने प्रयास गरे सबै कार्य सहज ढंगले सम्पन्न हुँदै जानेछन् । कुनै पनि सामान किन्नुपूर्व राम्रोसँग विचार गरे अनावश्यक खर्चबाट जोगिइनेछ । कतै जाँदा वा यात्रा गर्दा आफ्नो मालसामानको राम्रो ख्याल गर्नुपर्ने छ । पेट, आँखा एवं टाउको दुख्ने समस्या आउनसक्ने हुँदा स्वास्थ्य, खानपान र आरामको पनि उत्तिकै ख्याल गर्नुपर्नेछ । कसैकसैले तपाईंलाई आफ्नो स्वार्थका लागि उक्साएर भ्रम पैदा गराई झगडा गराउन सक्छन् । कसैको कुरामा भर नपरी आफ्नै बुद्धि र विवेकले काम गरेमा अनावश्यक विवादबाट बच्न सकिन्छ ।   

कर्कट

कुनै बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने अवसर मिल्नेछ । सामाजिक, न्यायिक एवं प्रतिस्पर्धात्मक कार्यमा सफलता मिल्नेछ । विभिन्न कुराको लाभ हुनेछ । पारिवारिक वातावरण सुुखमय रहनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । एक–अर्काको भावनालाई राम्ररी बुझेर मनन गर्ने प्रयास हुनेछ । मनमा भएको तनाव हट्दा काम गर्ने जा“गर बढ्नेछ । जुनसुकै काम गर्दा पनि मन खुसी र उत्साही हुनेछ । व्यक्तिगत कार्य एवं स्वास्थ्यकालागि समय निस्कनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । व्यावसायिक क्षेत्रबाट पनि धनलाभ हुनेछ ।

सिंह

पारिवारिक वातावरण सुखमय रहनेछ । कामविशेषले टाढिएका प्रियजनसित भेट्ने मौका मिल्नेछ । साथीहरूसित कतै घुमघाम वा पिकनिकमा जाने समय जुर्नसक्छ । जुनसुकै काम गर्दा पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने बेला छ । कहिलेकाहीँ कुनै कुराले दाम्पत्य जीवनमा वैचारिक मतभेद हुनसक्छ । सकेसम्म आपूmलाई धैर्य र शान्त राख्ने प्रयास गर्नुहोला । छोराछोरीको जिद्दीका कारण उनीहरूको इच्छाको पनि ख्याल गर्नुपर्नेछ । कतिपय काम परिवारको खुसीलाई ध्यानमा राखेर पनि गर्नुपर्नेछ ।                    

कन्या

आफ्ना प्रियजनसित भेटघाट गर्ने मौका मिल्नेछ । परिवार वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुनसक्छ । आर्थिक पक्ष सुदृढ रहनेछ । नयाँ एवं पुराना साथीसित भेटघाट गर्ने अवसर मिल्नसक्छ । मनमा नयाँ काम गर्ने विचार आउनसक्छ । आफ्नो कार्यक्षेत्रमा मन अग्रसर रहनेछ । रक्तचापको मात्रामा घटबढ हुने, शरीरमा अल्छीपनको मात्रा बढ्ने सम्भावना भएकाले आपूmलाई स्वस्थ र क्रियाशील राख्ने प्रयास गर्नुहोला । झिनामसिना कुराहरूमा नअल्झी आफ्नो प्राथमिकताअनुसारका काममा समय दिन सके अनावश्यक तनावबाट बच्न सकिन्छ । सकेसम्म आफ्नो स्वास्थ्य र व्यक्तिगत कार्यमा पनि केही समय दिनसके मनमा उत्साह बढ्नेछ ।

तुला

कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । कुनै विशेष कार्यमा सफलता मिल्नेछ । कसै–कसैलाई अप्रत्यासित रूपमा कतैबाट कुनै कुराको लाभ हुनेछ । आर्थिक पक्ष सबल रहनेछ । व्यावसायिक क्षेत्रबाट पनि राम्रो लाभ हुनेछ । पारिवारिक भेटघाट हुनेछ । साथै साथीहरूसित रमाइलो एवं स्मरणीय भेटघाट र घुमघाम गर्ने अवसर जुट्नसक्छ । प्रायः सबै कार्य तपाईंकै इच्छा र प्रभुत्वमा सम्पन्न हुनेछन् । मन तनावरहित हुँदा शरीर स्वस्थ र जाँगरिलो रहनेछ । अपेक्षित रूपले सबै कार्य सम्पन्न गर्न पाउँदा मनमा प्रसन्नता बढ्नेछ ।  

वृश्चिक

पारिवारिक वातावरण सुखमय रहनेछ । सबैबाट तपाईंको इच्छा र आवश्यकतालाई बुझी काम गर्ने प्रयास हुनेछ । कुनै कुराको जिम्मेवारीले गर्दा मनमा एक प्रकारको तनाव हुनसक्छ । सकेसम्म मनलाई धैर्य र शान्त बनाउँदै आपूmलाई काममा सक्रिय राख्ने प्रयास गर्नुहोला । महिनाको उत्तराद्र्ध तपाईंका लागि अनुकूल रहनेछ । आफ्नो ऐच्छिक कामका लागि समय निकाल्न सकिनेछ । अनावश्यक खर्च हुने, सामान छुट्ने÷हराउने सम्भावना भएकाले जहाँ जाँदा पनि आफ्नो सामानको राम्रो ख्याल गर्नुपर्ने बेला छ । साथै स्वास्थ्य, खानपान र आरामको पनि उत्तिकै ख्याल गर्नुपर्नेछ । आफ्नो नियम र परिधिको ख्याल गरी काम गरेमा सबै कुरा सहज हुँदै जानेछन् ।  

धनु

विभिन्न कुरामा व्यस्त रहनुपर्ला । कुनै कुराको जिम्मेवारीले कामको चाप पर्नसक्छ । कामका साथसाथै स्वास्थ्य र खानपानमा पनि सतर्क रहनुपर्ने बेला छ । दाम्पत्य जीवन सुखमय रहनेछ । छोराछोरीको खुसीका निमित्त कुनै कुरामा खर्च हुनसक्छ । आफ्नो व्यक्तिगत कार्य एवं खुसीका निमित्त पनि कुनै कुराको किनमेल हुनेछ । समय र परिस्थितिअनुसार आपूmलाई ढाल्ने प्रयास हुनेछ । सहयोगी हातहरू पछि हट्नसक्ने भएकाले कसैबाट कुनै कुराको अपेक्षा नगर्नु नै राम्रो हुनेछ । आफ्नो काम आफ्नै समयानुसार आफ्नै ढंगले गर्दा मनमा एक प्रकारको आत्म सन्तुष्टि मिल्नेछ ।  

मकर

आपूmले इच्छाएअनुसार काममा सफलता पाउन केही खट्नुपर्नेछ । सकारात्मक विचारधाराले गरेको कामको प्रतिफल पनि सकारात्मक नै मिल्नेछ । दाम्पत्य जीवनमा वैचारिक मतभेद हुँदा एक–अर्काको मनसाय स्पष्ट रूपमा राख्न सके एक–अर्काको भावलाई राम्ररी बुझ्ने प्रयास गरिनेछ । आफ्नो व्यक्तिगत कार्यका लागि पनि केही समय निकाल्न सके मन स्थिर, शान्त र खुसी रहनेछ । महिनाको उत्तराद्र्ध तपार्इंं अनुकूल रहनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । आफ्नो इच्छानुसार समय बिताउने मौका मिल्नेछ ।  

कुम्भ

बहुप्रतीक्षित कार्यमा सफलता मिल्नेछ । कुनै कामविशेषले कतैको यात्रा हुनसक्छ । कसै–कसैलाई भने घुमघाम गर्न जाने अवसर मिल्नसक्छ । इच्छानुसार सबै काममा सफलता मिल्दै जानेछ । पारिवारिक सुख–समृद्धि बढ्नेछ । आत्मीयजनसँग भेटघाट गर्ने मौका जुर्नेछ । धार्मिक क्षेत्रतर्पm मनको झुकाव बढ्नेछ । व्यक्तिगत कार्य एवं खुसीका लागि समय निस्कनेछ । कुनै आकस्मिक उपहार मिल्नसक्छ । कुनै कुराको लाभ हुनेछ । आर्थिक पक्ष सुदृढ रहनेछ । छोराछोरीबाट पनि सुख एवं सन्तोष प्राप्त हुनेछ ।

मीन

न्यायिक, सामाजिक एवं राजनीतिक क्षेत्रमा संलग्न व्यक्तित्वलाई राम्रो सफलता मिल्नेछ । माइतीपक्षसित भेटघाट गर्ने एवं घुमघाम गर्ने मौका जुर्नेछ । दाम्पत्य जीवनमा राम्रो समझदारी कायम रहनेछ । कुनै विशेष काममा सफलता मिल्नेछ । समस्याको समाधान हुनुका साथै कुनै कारणले रोकिएको काम पनि द्रुत गतिमा अघि बढ्नेछ । काम गर्दा विभिन्न माध्यमबाट सहयोग प्राप्त हुनेछ । आफ्नो इच्छानुसारको काम गर्ने मौका मिल्नेछ । कतैबाट कुनै कुराको लाभ हुनेछ । व्यक्तिगत खुसीका लागि कुनै कुराको किनमेल हुनेछ ।

 Image