समाजसेवी यमु
काठमाडौंस्थित बागबजारमा जन्मिएकी यमु सुब्बा समाजसेवामा रुचि राख्छिन् । अमेरिकामा बालबालिकाको मानसिक र शारीरिक विकाससम्बन्धी कार्यक्रममा उनले धेरै काम गरिन् ।

निकिता भीमसरिया कलिलो उमेरदेखि नै व्यवसायमा सक्रिय छिन् । व्यापारिक घरानामा जन्मिएकी निकितामा व्यापार गर्ने कौशल बाल्यकालदेखि नै थियो । जेनरेसन नेक्स्टकी यी निर्देशकको समय अफिसियल काममै बित्छ । समय मिल्दा पुस्तक पढ्न मन पराउने निकिता सधैं फिट रहन रुचाउँछिन् । करिब चार वर्षदेखि जेनरेसन नेक्स्टको संचालनमा व्यस्त उनको जीवनका केही रमाइला तथा महत्वपूर्ण पल ।