Successfully Copied

घुमिफिरी रुम्जाटार

म्युजिक भिडियोमा काम गर्ने क्रममा एलिजा बस्नेतले नेपाल वानमा भिजेका रूपमा प्रस्तुत हुने अवसर पाइन् ।

म्युजिक भिडियोमा काम गर्ने क्रममा एलिजा बस्नेतले नेपाल वानमा भिजेका रूपमा प्रस्तुत हुने अवसर पाइन् । यो क्षेत्रमा आउनुअघि उनले फेसन डिजाइनिङको कोर्स पूरा गरेर केही फेसन शो समेत गरिसकेकी थिइन् । बस्नेतलाई धेरैले फेसन डिजाइनरका रूपमा भन्दा मिडियाकर्मीकै रूपमा चिन्छन् । रिमा गुरुङको चिसो-चिसो, शर्मिला बर्देवाको मसँग, सुगम पोखरेलको एउटै घाम, स्वरूपराजको बीचमा छुट्यो आदि लोकप्रिय म्युजिक भिडियोमा देखा परिसकेकी एलिजाले टेलिभिजन शो गर्न छोडेकी छिन् । टिभीबाट टाढिएर एयर एसियामा एयर होस्टेज बन्न पुगेकी एलिजाले ६ महिनामै उक्त काम त्यागिन् । अहिले उनी पुन: म्युजिक भिडियोमै रमाउने प्रयासमा छिन् । फेसन डिजाइनर, एयर होस्टेज तथा भिजे एलिजा घुमिफिरी रुम्जाटार भनेझैं अन्तत: म्युजिक भिडियोमै फर्किएकी छिन् ।

पुरूष : सुवास थापा

\"\"आदर्श नारी ?

मेरी श्रीमती विनीता ।

कोसँग अभिनय गर्ने रहर छ ?

कृष्टि मैनाली ।

महिलाहरूको मन पर्ने पक्ष ?

सहनशीलता, उदारता तथा माफी दिनसक्ने खुबी ।

मन नपर्ने बानी ?

अत्यधिक फेसन गर्ने र ईष्र्यालु स्वभाव ।

काम गर्दा सजिलो र रमाइलो लागेकी नायिका ?

रेखा थापा ।

नाटकमा मन पर्ने नारी चरित्र ?

मुनामदनकी मुना तथा रूपमतीकी रूपमती ।

सुन्दर महिला ?

सुस्मिता सेन तथा मिगेन फक्स ।

लुनिभा नै पवनकली

\"\"नौ वर्षअघि कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम पवनकलीमा लुनिभा तुलाधरपछि अन्य दुई जना प्रस्तोताले पनि पवनकलीलाई निरन्तरता दिए । यद्यपि लुनिभालाई दर्शकहरूले पवनकलीका रूपमा स्वीकार गरिसकेका हुनाले लुनिभाको ठाउँमा अरुलाई त्यति रुचाइएन । लुनिभा पनि केही समय भारतमा पढेर आएपछि रंगमञ्चतिर होमिइन् । अभिनयकी भोकी लुनिभाले सिल्पी थिएटरमार्फत दर्शकहरूको मन पनि जितिन् । टेलिभिजनमा धेरै दर्शकले एकैपटक हेर्न सक्छन् र चाँडै परिचय पनि बन्छ, रंगमञ्चमा त्यस्तो हुँदैन तैपनि नाटकमा जस्तो मज्जा आफूलाई अरु क्षेत्रमा नलागेको लुनिभाले बताइन् । लुनिभालाई अहिले पुन: पवनकलीकै पुरानो गेटअप एवं बोलीचालीमा र्फकने प्रस्ताव आएको छ जसलाई उनले नकार्न सकिनन् । त्यसैले उनी दर्शकमाझ फेरि पवनकलीकै रूपमा कान्तिपुर टेलिभिजनकै नयाँ च्यानलमा प्रस्तुत हुने जमर्को गर्दैछिन् ।

माला लिम्बू, नायिका

\"\"चलचित्र वान वेमा कसरी अवसर पाइयो ?

सिंगापुरमा जन्मिएर हुर्किए पनि विगत आठ वर्षदेखि म नेपालमै छु । काठमाडौं बसाइका क्रममा मैले सबैभन्दा पहिले गुड बाई काठमाडौंमा अभिनय गर्ने अवसर पाएँ । त्यसपछि नरेन लिम्बू तथा स्वरूपराजको म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिएँँ । निर्देशक सुरज सुब्बाजीले नरेन लिम्बूको भिडियोमा काम गर्दा मलाई देख्नुभएको थियो । त्यसैले वान वेका लागि प्रस्ताव गर्नुभयो ।

वान वेमा कस्तो भूमिका छ ?

चलचित्रका मुख्य पात्र सिद्धार्थ गुरुङकी गर्लफ्रेन्डका रूपमा गलत बाटोमा हिँडेको युवकलाई सम्हाल्ने युवतीको भूमिका निर्वाह गरेकी छु ।

कत्तिको आशा गर्नुभएको छ ?

धेरै आशा गरेकी छु । मलाई वान वेबाट दर्शकले चिन्नेछन् भन्नेमा ढुक्क छु ।

भविष्यको योजना ?

चलचित्र क्षेत्रमै निरन्तरता दिने ।

मनपरेका कलाकार ?

अर्पण थापा, सौगात मल्ल तथा

दयाहाङ राई ।

कस्तो चलचित्रमा काम गर्ने रहर छ ?

एक्सन थ्रीलर ।

तपाईं नेटबल खेलाडी पनि होइन ?

हो, सिंगापुरमा हुँदादेखि नै म नेटबल खेल्थें । नेपाल आएर पनि यसलाई निरन्तरता दिँदै सन् २०१२ मा कोलोम्बिया एसियन गेममा नेपाली नेटबल टिमको नेतृत्व गरेकी थिएँ । अहिले पनि यसमा मेरो संलग्नता छ ।

आफू कस्ती स्वभावकी युवती भएजस्तो लाग्छ ?

मायालु, नयाँ कुरा सिक्न चाहने र चुलबुले स्वभावकी ।

फुर्सदमा के गर्नुहुन्छ ?

ऐनाअगाडि नाच्ने, फरक-फरक मेकअप लगाएर हेर्ने, उपन्यास पढ्ने र आर्ट गर्ने ।

घुम्न कत्तिको रुचाउनुहुन्छ ?

म खासै घुम्दिन, घरमै मज्जा लाग्छ । बाहिरको होहल्ला त्यति मन पनि पर्दैन ।

खानामा कत्तिको रुचि छ ?

मुडअनुसार रुचि बदलिरहन्छ । चटपटे, आलु, निम्की, केक, स्यान्डबीच आदि

मन पर्छन् ।

फेसनप्रति कत्तिको सजग हुनुहुन्छ ?

फेसनको पछाडि लाग्दिन, आफूलाई सुहाउने पहिरन नै मेरो प्राथमिकतामा हुन्छ ।

 Image