Successfully Copied

क्यासेट : नीलाको श्री पराअम्बा भजनामृत

वि.सं. २०४५ सालमै एकेडेमीमा गायन प्रशिक्षण लिएकी नीला पाण्डेले विवाहपछि संगीत मोहलाई त्यत्तिकै छोड्नुपर्‍यो ।

क्यासेट : नीलाको श्री पराअम्बा भजनामृत

वि.सं. २०४५ सालमै एकेडेमीमा गायन प्रशिक्षण लिएकी नीला पाण्डेले विवाहपछि संगीत मोहलाई त्यत्तिकै छोड्नुपर्‍यो । लामो समय विदेश बसी काठमाडौं फर्किएर आमाको वर्ष दिनमा उनले आफूमा रहेको गायन खुबीलाई भजन संग्रहका रूपमा सार्वजनिक गरिन् । नीलाले स्वर्गवासी आमा शान्ता ढकालप्रति समर्पित गरेर श्री पराअम्बा भजनामृत भजन संग्रह तयार पारेकी हुन् । यो संग्रहमा ५ वटा भजन समावेश छन् जसमा दीपक कौडिण्य, हरि सेढाइर्ं, रामा श्रेय अच्युत, बालकृष्ण सजीव तथा डा. चक्र पाँडे आचार्यको शब्द छ भने किरण कँडेल, रामा श्रेय अच्युत, सन्तोष प्रगाढको संगीत छ ।

कला : सविताको रिपिटेड माइन्ड

\"\"मानिसहरू कहिलेकाहीँ आफ्नो दैनिक कामबाट दिक्क हुन्छन् र केही काम बिगि्रएको छ भने त्यसमै अल्मलिइरहेका हुन्छन् । त्यो कुराबाट रिफ्रेस हुन वा मनमा खेलिरहेका कुराबाट मुक्त हुन रमाइला कुरा सोच्नुपर्छ भन्ने भावका साथ कलाकार सविता डंगोलले यो कला सिर्जना गरेकी हुन् । यो चित्र फ्ल्याट डेकोरेटिभ प्याटर्न कम्पोजिसनमा बनाइएको छ । जसरी बिगि्रएको केशलाई काइँयोले कोरेपछि मिल्छ त्यसरी नै जीवनमा आएका समस्यालाई हटाउन कुनै न कुनै कुरा पक्कै हुन्छ भन्ने सकारात्मक सोचका साथ यो चित्र सिर्जना भएको देखिन्छ ।

पुस्तक : बाग्मतीका नारी लहरहरू

\"\"विश्व नारी नेपाली साहित्य सम्मेलन बाग्मती अञ्चल समारोह समितिले प्रकाशनमा ल्याएको बाग्मतीका नारी लहरहरू कविता संग्रह बाग्मती अञ्चलका कवयित्रीहरूलाई समेटेर तयार पारिएको छ । कृतिमा त्रिनारी रत्नका कविताहरू शीर्षकमा गोमा शर्मा, प्रेमराज्येश्वरी थापा एवं पारिजातका कविता प्रकाशित छन् भने डा.वानिरा गिरीलाई विश्व नारीरत्नका रूपमा चिनारी दिइएको छ । संग्रहमा डा. वेञ्जु शर्मा, अनिता तुलाधर, भारती श्रेष्ठ, भद्रकुमारी घले, चन्द्रकला नेवार, गार्गी शर्मा, गीता केशरी, डा.ज्ञानु पाण्डे, माया ठकुरी, मञ्जु काँचुली मोमिला, सुलोचना मानन्धर, सन्ध्या पहाडी, शारदा शर्मा, डा. सुधा त्रिपाठी, सिर्जना दुवाल, डा. सुषमा आचार्य, तोया गुरुङ, उषा शेरचन, शिला पन्त, लक्ष्मी बडाल, ललिता दोषी आदि १ सय ४६ जना कवयित्रीका कविता संग्रहित छन् । अनिता तुलाधर, शशि थापा पण्डित तथा गंगा कर्माचार्य पौडेल सम्पादक रहेको यो कविता संग्रहको मूल्य ५ सय रुपैयाँ छ ।

चलचित्र

\"\"सुरज सुब्बा नाल्बोको निर्देशनमा बनेको चलचित्र वान वे युवापुस्तामा लक्षित छ । यो चलचित्रले नराम्रो बाटोमा लागेकाहरूको अन्त्य पनि नराम्रो नै हुने सन्देश बोकेको छ । करिश्मा मानन्धर एवं रक गायक रविन तामाङले पनि अभिनय गरेको यो चलचित्रमा बढ्दोसम्बन्धविच्छेदको समस्या पनि देखाइएको छ । एकल आमा करिश्माका छोराका रूपमा नवनायक सिद्धार्थ गुरुङ छन् भने नायिकाका रूपमा माला लिम्बूले डेब्यु गरेकी छिन् । रविन तामाङ ग्यांगस्टारको भूमिकामा छन् । भरपूर मनोरञ्जनका साथै सन्देश पनि बोकेको चलचित्र वान वे निर्माता संघका अध्यक्ष राजकुमार राईले निर्माण गरेका हुन् ।

 Image