Successfully Copied

कार्यालयमा कति सफल हुनुहुन्छ ?

अध्ययन, अनुभव एवं क्षमताका आधारमा नोकरी प्राप्त गर्न सकिन्छ तर त्यहाँ टिक्न, उन्नति गर्न तथा सन्तुष्टि प्राप्त गर्न आफैले विशेष प्रयास गर्नुपर्छ ।

अध्ययन, अनुभव एवं क्षमताका आधारमा नोकरी प्राप्त गर्न सकिन्छ तर त्यहाँ टिक्न, उन्नति गर्न तथा सन्तुष्टि प्राप्त गर्न आफैले विशेष प्रयास गर्नुपर्छ । हरेक कार्यालयका आ-आफ्नै नियम हुन्छन् । तिनलाई बुझेर काम गर्नुपर्छ तब मात्र कार्यालयमा सबैको प्रिय बन्न सकिन्छ । त्यसैले आफ्नो सफलता पनि

निर्देशित गर्छ ।

१. के समयमै कार्यालयमा पुग्नुहुन्छ ?

क) पुग्छु, ख) कहिलेकाहीँ ढिलो हुन्छ,

ग) ट्राफिक जामका कारण समयमा पुग्न सम्भव हुँदैन ।

२. के कार्यालयमा उपलब्ध सुविधा आफ्नो व्यक्तिगत कामका लागि प्रयोग गर्नुहुन्छ ?

क) आफ्नो अधिकार मानेर तिनको उपयोग गर्छु,  ख) कहिलेकाहीँ बाध्यतावश उपयोग गर्छु, ग) कहिल्यै उपयोग गर्दिन ।

३. के आफ्नो व्यक्तिगत एवं व्यावसायिक जीवनलाई अलग-अलग राख्नुहुन्छ ?

क) राख्छु,  ख) चाहेर पनि अलग-अलग राख्न सम्भव हुँदैन, ग) कहिल्यै राख्दिन ।

४. के कार्यालयको काममा टिमको भावनालाई सम्मान गर्नुहुन्छ ?

क) पूर्णरूपमा सम्मान गर्छु ।  

ख) सामान्य रूपमा सम्मान गर्छु ।  ग) टिममा विश्वास राख्दिन ।

५. के गुटबन्दीमा विश्वास राख्नुहुन्छ ?

क) गुटबन्दीबिना काम गर्न सम्भव हुँदैन, ख) कहिलेकाहीँ आफ्नो माग पूरा गर्न गुटबन्दी गर्नैपर्छ,  

ग) गुटबन्दीले कार्यालयको वातावरण बिगार्ने भएकाले मन पर्दैन ।

६. खाली समयमा के गर्नुहुन्छ ?

क) आफ्ना सहकर्मीसित कुराकानी गर्छु,  

ख) आफ्ना सहकर्मीका कमी-कमजोरीका बारेमा कुरा गर्छु, ग) भावी कार्ययोजना बनाउँछु ।

७. कुनै गल्ती भए के गर्नुहुन्छ ?

क) गल्ती स्वीकार गर्छु र भविष्यमा त्यस्तो गल्ती नदोहोर्‍याउने प्रयास गर्छु, ख) कसैका सामु गल्ती स्वीकार गर्दिन तर मनमनै गल्ती नहोदोर्‍याउने संकल्प गर्छु,  ग) गल्तीप्रति ध्यान नदिई त्यसलाई सहज रूपमा लिन्छु ।

८. के आफ्ना सहकर्मीहरूलाई सम्मान दिनुहुन्छ ?

क) सम्मान गर्नु मेरो बानी हो, ख) सम्मान पाउनका लागि सम्मान गर्छु,  ग) सम्मानको अधिकार राख्नेलाई मात्र सम्मान गर्छु ।

९. आफ्ना सहकर्मीका बारेमा हाकिमसित गुनासो गर्नुहुन्छ ?

क) कहिल्यै गर्दिन,  ख) आवश्यक भए मात्र गर्छु,  ग) गुनासो नगरी चित्त बुझ्दैन ।

१०. कार्यालयको सरसफाइमा ध्यान दिनुहुन्छ ?

क) दिन्छु,  ख) सरसफाइको काम अरू कसैको हो भन्ने मान्छु, ग) सफा कार्यालय राम्रो लाग्छ तर सफा गर्न योगदान दिन्न ।

स्कोर

    क     ख     ग

१.    ५    ३    ०

२.     ०    ३    ५

३.    ५    ३    ०

४.    ५    ३    ०

५.    ०    ३    ५

६.    ३    ०    ५

७.    ५    ३    ०

८.    ५    ३    ०

९.    ५    ३    ०

१०.    ५    ०    ३

परिणाम : अधिकतम उत्तर ४१ देखि ५० का बीच छ भने तपाईं आफ्नो कार्यक्षेत्रमा पूर्णरूपले सफल हुनुहुन्छ र निश्चय पनि शिखरसम्म पुग्ने क्षमता राख्नुहुन्छ ।

अधिकतर उत्तर ३१ देखि ४० को बीचमा छ भने अघि बढ्न तपाईंले धेरै कुरा सिक्नुपर्ने हुन्छ ।

अधिकतर उत्तर ३० वा त्यसभन्दा पनि कम छ भने तपाईंले आफ्ना बारेमा राम्रोसँग विचार गर्नु जरुरी छ । तपाईंले आफ्नो काम गर्ने शैली एवं सोच परिवर्तन गर्नु जरुरी छ ।

 

 Image