Successfully Copied

श्रीमान् हीन भावनाको सिकार भए

हाम्रो सामाजिक परिवेश तुलनात्मक रूपले पहिलेभन्दा अहिले धेरै हदसम्म उदार एवं आधुनिक भएको छ तर श्रीमान्-श्रीमतीको सम्बन्ध दृष्टिकोण भने परम्परागत नै छ ।

हाम्रो सामाजिक परिवेश तुलनात्मक रूपले पहिलेभन्दा अहिले धेरै हदसम्म उदार एवं आधुनिक भएको छ तर श्रीमान्-श्रीमतीको सम्बन्ध दृष्टिकोण भने परम्परागत नै छ । श्रीमान् श्रीमतीभन्दा धेरै प्रतिभाशाली, गुणी, सम्पन्न, शिक्षित एवं उच्च पदस्थ हुनुपर्छ भन्ने मान्यता आज पनि छ । यही मानसिकताका कारण त्यस्ता दम्पतीको दाम्पत्य जीवन समस्याग्रस्त हुन्छ जहाँ श्रीमती अनुहार, व्यवहार, सम्पत्ति, नाम र शिक्षा आदिमा श्रीमान्भन्दा माथि हुन्छन् ।

श्रीमती सुन्दर भए

सुन्दर श्रीमतीको चाहना हरेक पुरुषमा हुन्छ । यद्यपि यस्तो चाहना राख्ने पुरुष स्वयं पनि ह्यान्डसम हुनुपर्छ भन्ने हुँदैन । परम्परागत समाजमा वर उच्च पदस्थ हुनु र वधु सुन्दर हुनुलाईर् धेरै महत्त्व दिइएको पाइन्छ । यही मानसिकतासँगै कैयन् जोडी त्यस्ता पनि बन्छन्- जसले 'हूर की बगल में लंगूर', 'बन्दरके गले में मोतीयों का हार' जस्ता भनाइलाईर् चरितार्थ बनाउँछन् । जसलाईर् वास्ता नगरी मुस्कुराएर बस्न श्रीमान्-श्रीमती दुवैलाईर् कठिन हुन्छ । त्यसो त श्रीमतीको प्रशंसाले श्रीमान्लाईर् गर्व महसुस गराउँछ तर जब श्रीमतीको आकर्षक व्यक्तित्वले श्रीमान्को साधारण व्यक्तित्वलाईर् छायाँमा पार्न थाल्छ तब सन्तुलित विचार भएका व्यक्तिको पनि सन्तुलन बिग्रन पुग्छ । परिणामस्वरूप सुन्दर श्रीमती भएका श्रीमान् पार्टी, समारोह आदिबाट सकेसम्म जोगिने प्रयत्नमा लाग्छन् । सँगै जानुपर्ने बाध्यता भए पनि उनी श्रीमतीबाट टाढा रहने प्रयास गर्छन् । उनले श्रीमतीको शृङ्गारमा पनि कटाक्ष गर्न थाल्छन् । यी सबै संकेतलाईर् बुझेर समझदार श्रीमतीले आफ्नो सुन्दरताबाट आफ्ना श्रीमान्लाईर् हीनताबोध भैरहेको कुरा मनन गर्नुपर्छ ।

के गर्ने ?

आफ्नोे व्यवहार, हाउभाउ तथा कुराकानीबाट श्रीमान्लाईर् विश्वास दिलाउनुपर्छ कि तपाईं शारीरिक सुन्दरताभन्दा व्यवहार एवं मानसिक सुन्दरतालाईर् महत्त्व दिनुहुन्छ । आमजीवनमा भैरहेका घटनाबाट आफ्ना कुरालाईर् सावित गर्न सकिन्छ । जस्तै- कुनै चलचित्र हेर्दा वा कुनै पुस्तक पढ्दा आफ्नो राय व्यक्त गरेर वा परिवार, मित्रजनसित हुँदा आफ्नोे प्रेम अभिव्यक्त गर्न प्रेमपूर्ण स्पर्शका माध्यमबाट श्रीमान्लाईर् कुन रूपमा आफ्नो जीवनमा स्थान दिइन्छ भन्ने कुरा अभिव्यक्त हुनुपर्छ । आफ्नोे रूप, रंगका सम्बन्धमा कम्प्लेक्स पालेका श्रीमान् सामु उनका ह्यान्डसम मित्रजन वा आकर्षक व्यक्तित्व भएका भिनाजु वा ज्वाइँको प्रशंसा गर्ने गल्ती पनि गर्नुहुँदैन ।

श्रीमती उच्च शिक्षित वा उच्च पदस्थ भए

प्रेमविवाहमा यस्तो स्थिति देखा पर्छ । कहिलेकाहीँ विवाहपश्चात् प्रतिभाशाली श्रीमती आफ्नो प्रतिभा र मेहनतका बलमा श्रीमान्भन्दा अगाडि बढ्छन् । यदि श्रीमान्लाईर् सानै उमेरदेखि पुरुष नारीभन्दा सुपेरियर हुन्छ भन्ने शिक्षा दिइएको छ र स्थिति ठीक उल्टो भए उसको 'मेल इगो' मा चोट पुग्छ । 'यार, तेरो त मोज छ नि, भाउजूको कमाइ तेरोभन्दा दुई गुणा बढी छ, अब त कार किने पनि भैहाल्यो नि, के बाइकमा गुडिरहेको ?' साथीभाइको यस्तो कमेन्ट होस् वा 'भान्जा बाबु, बुहारी त खुब पढेकी छिन् नि, तैंले त ग्राजुएसन पनि जसोतसो गरिस्' भन्ने मामाको व्यङ्ग्य । यी सबै प्रतिक्रियाले आगोमा घिउ थप्ने काम गर्छन् । यी सबै कुराले पीडित श्रीमान्मा आफ्नी श्रीमतीलाईर् बिनाकारण गाली गर्ने, स-साना कुरामा झगडा गर्ने स्वभाव विकसित हुन थाल्छ ।

के गर्ने ?

त्यसो त यस्तो स्थिति ह्यान्डल गर्नु चुनौतीपूर्ण हुन्छ तर हिम्मत हार्नु हुँदैन, आत्मविश्लेषण गर्नु आवश्यक छ । आफ्नो अध्ययन वा कमाइका कारण कतै श्रीमान्को अन्जानवश अपमान वा उपहास त भैरहेको छैन भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । 'यो कलर टेलिभिजन त मेरो कमाइबाट आएको हो, उनको यति थोरै कमाइले त ब्ल्याक एन्ड ह्वाइट टेलिभिजन पनि आउँदैन ।' यसप्रकारका कुराले श्रीमतीको गर्व त दर्सिन्छ तर त्यसले श्रीमान्को हीन भावना वृद्धि हुन्छ र उनको आत्मसम्मानमा चोट पुग्छ । यस्तो प्रतिक्रिया दिनुभन्दा परिवारको जिम्मेबारी दुवै मिलेर पूरा गरेको हो, मेरो र तपाईंको नभई हाम्रो भन्ने भावनालाईर् विकसित गरी त्यसलाई व्यवहारमा उतारे स्थिति सम्हाल्न सहज हुन्छ ।

श्रीमती सम्पन्न भए

साधारण मध्यमवर्गीय परिवारमा हुर्किएका श्रीमान्लाईर् आफूभन्दा धनी, उच्चवर्गीय, वैभवशाली श्रीमतीको सहज तर हाइफाइ जीवनशैली, उनको माइती पक्ष, ऐश्वर्य, गाडीको सुविधा, आलिसान बंगला आदिबाट हीनताबोध हुन्छ । यदि श्रीमतीले हरेक कुरामा आफ्नो माइतीको ऐश्वर्य गाथा सुनाए वा 'मैले यो सानो झोपडीजस्तो घरमा बस्नुपरेको छ, मेरो ड्याडीका त ठूल्ठूला बंगला,' जस्ता कुराले श्रीमान्लाईर् हीन भावनाको सिकार बनाउँछ ।

के गर्ने ?

श्रीमान्को सम्मान कायम राख्न चाहने श्रीमतीले श्रीमान्को घरमा होस् वा माइतीमा रहँदा, श्रीमान्की श्रीमती भएर रहने एवं त्यसैअनुसार व्यवहार गर्ने । यदि आफ्नो व्यवहार सन्तुलित रहे र श्रीमान्सित माइतीको जस्तो ऐश्वर्यको डिमान्ड नगरे उनमा हीनता जन्मने प्रश्नै उठ्दैन । माइतीमा यदि कसैले उनको सम्मानमा चोट पुर्‍याए आफूले त्यसको प्रतिकार गर्नुपर्छ । यद्यपि माइतीपक्षको व्यवहार श्रीमान्प्रति ठीक नरहे माइती आउने-जाने क्रमलाईर् घटाउनु बुद्धिमानी हुन्छ । आफूले उनलाईर् आफ्नो जीवनसाथी चयन गरेकोमा कुनै किसिमको पश्चाताप नरहेको र उनको गुण, साधारण जीवनशैली र शालीन व्यवहार तथा जीवनप्रतिको दृष्टिकोणका कारण आफू उनको जीवनसाथी बन्न तयार भएको कुरालाईर् व्यवहारबाट पनि प्रस्ट्याउनु आवश्यक छ ।

श्रीमती चर्चित भए

जब श्रीमती पब्लिक फिगर, सेलिबि्रटी हुन्छिन् तब श्रीमान्को परिचय श्रीमतीको नामबाट हुन्छ । कैयन् अवस्थामा यो स्वाभाविक भए पनि यसले श्रीमान्को अस्तित्वलाईर् छायाँमा पार्दै लान्छ । जहाँ श्रीमतीको बढ्दै गएको चर्चा, सफलताले श्रीमान् बनेका अमिताभलाईर् आहत तुल्याउँछ र उनी हीनताको सिकार बन्न पुग्छन् । प्राय: पुरुष आफ्नो नामबाट श्रीमतीको परिचय होस् भन्ने चाहना राख्छन् र स्थिति ठीक उल्टो भए हीनता महसुस गर्छन् ।

के गर्ने ?

यस्तो स्थितिमा श्रीमतीले श्रीमान्लाईर् के विश्वास दिलाउनुपर्छ भने आज पनि उनलाईर् त्यति नै सम्मान र प्रेम गर्छु जति पहिले गथेर्ं । यसो गर्दा श्रीमान्ले उपेक्षित महसुस गर्दैनन् । जब कुरा समाज वा सञ्चारको आउँछ तब तिनले चर्चित मुहारका रूपमा चिनिएकी श्रीमतीलाईर् नै प्राथमिकता दिन्छन् । यस स्थितिमा यदि श्रीमान् आफूलाईर् अप्ठ्यारो महसुस गर्छन् भने आपसी समझदारीमा त्यस्ता समारोहमा श्रीमती मात्र सहभागी हुनु ठीक हुन्छ । कुनै विशेष अवसरमा सँगै उपस्थित हुनुपर्ने भए श्रीमतीले श्रीमान्को साथ दिने प्रयास गर्नुपर्छ भने श्रीमान्ले पनि आफ्नो अहम्लाईर् छाडी परिस्थितिलाईर् बुझेर सबैसित मेलमिलाप बढाउनुपर्छ, स्थिति आफंै सामान्य बन्न पुग्छ । बेकारका टीका-टिप्पणीलाईर् मन-मस्तिष्कमा स्थान दिनु व्यर्थ हो । भन्नेको मुख थुन्न सकिन्न तर स्थितिको मूल्यांकन गर्ने काममा आफ्नो विवेक प्रयोग गर्न चुक्नुहुँदैन । यसो भए सम्बन्धमा गाँठो पर्दैन, न त अविश्वास बढ्छ न मिस अन्डरस्ट्यान्डिङले नै स्थान पाउँछ ।

 Image