Successfully Copied

नजर ढोकामा

आजभोलि घरको इन्टेरियर डिजाइनिङ भित्ताको रंग र फर्निचरसम्म मात्र सीमित छैन । ढोकामा अलिकता ध्यान दिएर पनि घरको आन्तरिक सजावटलाई आकर्षक बनाउन सकिन्छ ।

आजभोलि घरको इन्टेरियर डिजाइनिङ भित्ताको रंग र फर्निचरसम्म मात्र सीमित छैन । ढोकामा अलिकता ध्यान दिएर पनि घरको आन्तरिक सजावटलाई आकर्षक बनाउन सकिन्छ । ढोका छनोट गर्दा कोठाको साइज, घरको लोकेसन तथा त्यसको प्रयोग आदि कुरामा ध्यान पुर्‍याउनुपर्छ । बजारमा थरीथरीका तयारी ढोका पनि उपलब्ध छन् र इच्छाअनुरूप डिजाइनमा मनपर्ने मटेरियलबाट पनि ढोका तयार गर्न सकिन्छ ।

प्रवेशद्वार घरको मुख्य प्रवेशस्थलमा हुन्छ । यो सुन्दर एवं बलियो मटेरियलबाट बनेको हुनुपर्छ । टीकको काठबाट बनेको ढोका राम्रो मानिन्छ । काठ खरिद गरी आफ्नो इच्छाअनुसारको डिजाइनमा पनि ढोका तयार गर्न सकिन्छ । बनाउने झन्झटबाट बच्न बजारमा उपलब्ध रेडिमेड ढोका पनि प्रयोग गर्न सकिन्छ । यद्यपि टिकाउ र बलियोका लागि रेडिमेड ढोकामा त्यति भरोसा गर्न सकिँदैन । रेडिमेड ढोकाहरू हल्का मटेरियलबाट बनेका हुन्छन् । यिनलाई भित्री कोठामा प्रयोग गर्न सकिन्छ । मुख्यद्वारमा काठको ढोकाले गर्मी सिर्जना गर्छ । आजभोलि बुडन ढोकाको साटो फलाम, स्टिल वा युपीबीसीका ढोका पनि प्रयोगमा आएका छन् । यद्यपि घरको बाहिरी ढोका काठकै हुनु उपयुक्त मानिन्छ ।

मिरर ढोका

मिरर ढोका प्रयोग गरी सानो कोठालाई ठूलो लुक प्रदान गर्न सकिन्छ । यसबाट कोठामा पर्याप्त उज्यालो पनि आउँछ । यस प्रकारको ढोका बुडन फ्रेममा राम्रो क्वालिटीको मिरर प्रयोग गरी निर्माण गरिन्छ । यसको प्रयोग लिभिङ रुम वा किचेन स्पेसका लागि गरिन्छ । यसका लागि मिरर भने भित्ताबाट बाहिर देख्न सकिने तर बाहिरबाट भित्र कोठामा देख्न नसकिने हुनुपर्छ । यस प्रकारको ढोकालाई फ्रेन्च ढोका भनिन्छ ।

ढोकाको मटेरियल

-    टीक वा उडबाट बनेका ढोका लामो समयसम्म कायम रहने भएकाले यसको प्रयोग पहिले पनि गरिन्थ्यो र अहिले पनि गरिन्छ ।

-    पार्टीकल बोर्डबाट बनेका ढोकाले पनि बजारमा आफ्नो पहिचान बनाएको पाइन्छ । यो प्राय: रेडी टु युज अवस्थामा पाइन्छ । यो ढोका स्मुथ सर्फ]{का लागि पनि उपयुक्त छ ।

-    सुन्दर तथा बलियो इन्टेरियर रुचाउनेहरूका लागि पाइन उडबाट बनेका ढोका पहिलो रोजाइमा पर्छन् । यी ढोकाहरू प्रिमियर रेन्जमा आउँछन् । चेरी, मेपल वा हेमलक उडजस्तै महँगो देखिनु यसको विशेषता हो । फेरि यसलाई कोठाको रंगमा सजिलै ढाल्न सकिन्छ ।

स्लाइडिङ ढोका

हिजोआज स्लाइडिङ ढोका पहिलो रोजाइ र आवश्यकता बन्न पुगेको छ । विशेष गरी लिविङ रुम, डाइनिङ रुम, भान्सा आदि जहाँ प्राइवेसीको आवश्यकता पर्दैन त्यहाँ स्लाइलिङ ढोकाको प्रयोग राम्रो हुन्छ । खुल्ला राख्दा पनि यसले ठाउँ खाँदैन र घरलाई मोर्डन लुक पनि प्रदान गर्छ ।

ढोका कस्तो हुनुपर्छ ?

-    कोठाको कुनातिर ढोका हुनु हुँदैन ।

-    मेन इन्ट्रान्स ढोका घरको बाँकी ढोकाको तुलनामा ठूलो हुनुपर्छ ।

-    बाहिरबाट देखिने सबै ढोका एउटै लाइनमा हुनुपर्छ ।

-    घरको इन्ट्रान्स ढोका कोठामा जाने मुख्य ढोकासामु हुनुपर्छ ।

-    दुईवटा घरका ढोका आमने-सामने हुनु हुँदैन ।

-    मुख्य ढोकाको नजिकै टुटे-फुटेका सामान राख्नु हुँदैन ।

-    टीकबाट बनेका ढोका शुभ मानिन्छन् ।

-    ढोकामा गणेश वा लक्ष्मीको तस्बिर राख्नु शुभ मानिन्छ ।

-    घरका सबै झ्यालढोका समान उचाइमा हुनुपर्छ ।

-    ढोकाभित्र अर्को ढोका बनाउनु हुँदैन ।

-    घरको माथिल्लो तल्लाको ढोका तल्लो तल्लाको ढोकाभन्दा सानो हुनुपर्छ ।

ड्रेसिङ टेबल थरिथरिका

ड्रेसिङ टेबल बेडरुमका लागि जति आवश्यक सामान हो, यसले कोठाको सुन्दरता पनि उति नै बढाउने काम गर्छ । यसमा आफ्नो शंृगार तथा दैनिक उपयोगका साना-ठूला आइटमहरू राख्न सकिन्छ । ड्रेसिङ टेबल कतिपय मटेरियल तथा स्टाइलमा उपलब्ध छन् ।

वुड मटेरियल

पाइन ड्रेसिङ टेबल : यो देवदारको काठबाट बनेको ड्रेसिङ टेबल हो । त्यसैले यो सस्तो र बलियो हुन्छ । यो थुपै्र डिजाइन तथा साइजमा उपलब्ध छ । यसमा सुन्दर ऐना एवं ड्रयर पनि पाइन्छ ।

टिक ड्रेसिङ टेबल : यो ड्रेसिङ टेबल अनेकन काठबाट बनेको हुन्छ । यो मल्टी कलरमा उपलब्ध छ । मिरर तथा ड्रयरले यसको सुन्दरता अझ बढाउँछ ।

महोगनी ड्रेसिङ टेबल : यसलाई फेन्सी ड्रेसिङ टेबल मानिन्छ । यो हेर्दा एलिगेन्ट देखिन्छ र यसको प्रयोगबाट कोठालाई क्लासी लुक प्राप्त हुन्छ ।

स्टाइलिस ड्रेसिङ टेबल

कम्पेक्ट ड्रेसिङ टेबल : आफ्नो बेडरुममा स्पेसको कमी छ भने कम्पेक्ट ड्रेसिङ टेबल प्रयोग गर्न सकिन्छ । यो ओकको काठबाट बनाइएको हुन्छ, जुन हल्का खालको हुन्छ । स्टाइलिस हुनुका साथै यसले ठाउँ पनि कम ओगट्छ ।

लुप तथा लेख ड्रेसिङ टेबल : यो टेबलमा दुईवटा ड्रयर्स र एउटा मिरर हुन्छ । यसका दुवै ड्रयर्स फेसनेबल हुन्छन् । यो भोज वृक्षको काठबाट बनेको हुन्छ । यसले बेडरुमलाई स्टाइलिस लुक प्रदान गर्छ ।

एन्टिक भर्टिकली ड्रेसिङ टेबल : यो ड्रेसिङ टेबलको विशेषता यसमा आठवटा ड्रयर र मिरर हुनु हो । यसको ड्रयरमा मेटलको ह्यान्डल प्रयोग भएको हुन्छ, जसको सहायताले यसलाई खोल्न सकिन्छ ।

 Image