प्रेमिल जोडी
एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् ।
विभिन्न ओहदामा बसेर जिम्मेवारी बहन गरेकी अर्चना तामाङ बहुप्रतिभाशाली व्यक्तित्व हुन् । बिहानै उठेर बारी एवं बगैंचामा घुम्न मन पराउने अर्चनाले विभिन्न देश तथा संस्थाहरूमा काम गरी पर्याप्त अनुभव बटुलेकी छिन् । सेतो गुराँस बाल विकास तालिम केन्द्रबाट करियर सुरु गरेकी अर्चनाले केही समय नेपाल टेलिभिजनमा समाचार वाचिकाका रूपमा पनि काम गरिन् । नेपाललाई जातीय रूपमा विभाजन गर्ने मुद्दाको विरुद्धमा आफू नेपाली भएको सन्देश दिन उनले आफ्नो नामका पछाडि नेपाली राखेकी हुन् । एक्सन एड, सेभ दि चिल्ड्रेन, युनिफेम, डेनिडाआदि गैरसरकारी संस्थामा काम गरिसकेकी अर्चना अहिले आफैले खोलेको क्याफे आमुमा व्यस्त छिन् । अर्चना खाना बनाउन असाध्यै रुचाउँछिन् । बिहानको सुरुवात पूजाबाट गर्ने अर्चना दिनभरि क्याफेमा व्यस्त हुन्छिन् ।.
संयोजन : झरना नहर्की
तस्बिर : श्रुति श्रेष्ठ