फिट्नेस
जुम्बा भनेको के हो ?
यो एउटा वर्क आउट नै हो । डान्समार्फत एक्सरसाइज नै जुम्बा हो । जुम्बा साल्सादेखि बलिउड तथा हिपहपको मिक्स हो ।
जुम्बाबाट के कस्तो फाइदा हुन्छ ?
बडी टोनअप गर्छ, छाला राम्रो पार्छ, स्लिम बनाउँछ, प्रेसर तथा कोलोस्ट्रोल नियन्त्रण गर्छ ।
जुम्बा कति समयसम्म गर्नुपर्छ ?
प्रशिक्षकसँग सिकेपछि घरमै नियमित रूपमा १ घन्टा गर्नु
उपयुक्त हुन्छ ।
कुन उमेरका महिलाहरू बढी सिक्न आउँछन् ?
३५ वर्ष क्रस गरेका देखि ५० वर्ष सम्मका महिला बढी आउँछन् ।
जुम्बाले मोटोपन घटाउँछ ?
खाना कन्ट्रोल गर्नुपर्छ तर गरिएन भने पनि त्यति बढ्न दिँदैन । विस्तारै भए पनि शरीर मेन्टन गर्छ ।
जुम्बा गरेर बीचमै छोडियो भने ?
विस्तारै मोटाउन थालिन्छ ।
नाच्न नजान्ने र लजाउनेहरूले पनि जुम्बा गर्न सक्छन् र ?
नाच्न नजान्ने र लजाउनेहरू पनि १-२ वटा कक्षा हेरेपछि यो नृत्य व्यायाममा रमाउँछन् ।
सरिता राई
जुम्बा प्रशिक्षक
सौन्दर्य
एच.डी. मेकअप के हो ?
एच.डी. मेकअप हाई डेफिनेसन क्यामेराका लागि गरिने मेकअप हो जुन नेचुरल लुक्समा हुन्छ ।
यो मेकअप कसरी गरिन्छ ?
यो ब्रस वा एअर ब्रसद्वारा गरिने मेकअप हो । ब्रसले गर्ने एच.डी. हो भने त्यही मेकअप एअर ब्रसद्वारा गरियो भने थ्री डी हुन्छ ।
अनुहारमा यो मेकअपको प्रभाव कस्तो देखिन्छ ?
यो मेकअप गरिसकेपछि अनुहार फाइन देखिन्छ । यसले विदाउट मेकअपमा जस्तो नेचुरल लुक्स दिन्छ । मुहार फ्लो लेस (साइन, चार्म एवं पिंकी) देखिन्छ । यो मेकअपले लाइट फिल गराउँछ । अन्य मेकअप गरिसकेपछि जस्तो हेभी फिल हुँदैन ।
यसको कुनै साइड इफेक्ट छ कि ?
पटक्कै छैन । सबैको स्किनमा एउटै टुल्स प्रयोग नगरिने हुँदा यो अझ हाइजेनिक हुन्छ । हरेकका लागि छुट्टाछुट्टै टुल्स प्रयोग गरिने हुँदा एक-अर्काका समस्या सर्ने सम्भावना कम हुन्छ ।
यो मेकअप कस्तो अवसरका लागि उपयुक्त हुन्छ ?
रिसेप्सन पार्टी, विवाह, चाडपर्व, फेसन र्याम्प तथा बडी पेन्टिङ आर्ट आदिमा यो मेकअप उपयुक्त हुन्छ ।
रिना प्रधान, सञ्चालक
द फिनिसिङ टच सेन्टर फर ब्युटी टेक्नोलोजी, कुमारीपाटी