Successfully Copied

लेटेस्ट ज्वेलरी ट्रेन्ड

शृंगारले जुनसुकै मौसममा सुन्दर एवं आकर्षक देखाउन मद्दत गर्छ । त्यसमा अझ फेसनेबल र ट्रेन्डी ज्वेलरी थपिए लुक अझ बढी हट बन्नसक्छ ।

शृंगारले जुनसुकै मौसममा सुन्दर एवं आकर्षक देखाउन मद्दत गर्छ । त्यसमा अझ फेसनेबल र ट्रेन्डी ज्वेलरी थपिए लुक अझ बढी हट बन्नसक्छ । अत: लेटेस्ट ज्वेलरी ट्रेन्डका बारेमा जानकारी राख्नु आवश्यक छ ।

-    यो सिजनमा कुल ज्वेलरीबाट हट लुक्स सिर्जना गर्ने ट्रेन्ड छ ।

-    फेदर, विड्स तथा लेदर ज्वेलरी युवाहरूले मन पराउँछन् ।

-    स्टडेड, क्लासी तथा डेलिकेट ज्वेलरीको विशेष स्थान छ ।

-    ब्राइट कलर्स अत्यन्त हट  हुन्छ, ब्राइट कलर्ड ज्वेलरीले परफेक्ट लुक प्रदान गर्छ ।

-    रुवी वा एमराल्ड ड्रप इयरिङ लगाएर आफ्नो अलग लुक क्रिएट गर्न सकिन्छ ।

-    सानो खालको इयरिङ लगाउने चाहना छ भने स्टडेड ब्रासलेट वा नेकलेस मात्र लगाउनुपर्छ ।

-    डायमण्ड, एमराल्ड, पल्र्स तथा कलरफुल जेम स्टोन्सका फेसन एसेसरिज जस्तै हेयर क्लिप्स, ब्रोच, बेस्ट बेल्ट्स आदिबाट ग्ल्यामरस लुक प्राप्त गर्न सकिन्छ । यसबाट प्रिन्सेस लुकको चाहना पनि पूरा हुन्छ ।

-    यो सिजनमा ब्ल्याक पर्ल मात्र होइन सफायर अर्थात् नीलम र सलिड रुबीको स्टाइलिस अप्सन पनि हट फेभरेट छ ।

-    इलोभेटिभ र फंकी पिसेज धेरैलाई मन पर्छ ।

-    जसलाई ठूल्ठूला जेम स्टोन्स मन पर्दैन, उनीहरूका लागि एब्स्ट्रेक्ट वा ज्योमेटि्रक सेपमा डिजाइन गरिएका ब्राइट ह्युजका एजी फेसन ज्वेलरिज उपयुक्त हुन्छन् ।

-    प्रिन्ट्सका साथमा प्रिन्ट्स टिम अप गर्नु हुँदैन र ब्राइट टोन्सका साथमा पनि फ्लेसी स्टडेड ज्वेलरी लगाउनु हुँदैन ।

-    ट्राइबल लुक फेसन संसारमा निकै रुचाइएको पाइन्छ । चोकर ब्यांगल्स, लेदर तथा फेदर एसेसरिज वा एंग्युलर पिसेजले ट्राइबल लुक प्रदान गर्छन् । एक्जोटिक स्टाइल ज्वेलरीमा निटेड नेकलेस, फ्रिन्जेस, मल्टी लेयर्ड विडेड पिसेस, नोज पिन्स, आर्म ब्यान्ड्स, एंकलेट्स र टोरिङ्स पाइन्छ । यो लुकमा आउटफिट्स सिम्पल राख्नुपर्छ ।

-    ओवरसाइज्ड ज्वेलरी हट ट्रेन्ड हो । ठूलो, ब्राइट र बोल्ड ज्वेलरी ट्रेन्डकै रूपमा देखा परेको छ । यो क्याजुयल र र्फमल लुक्समा म्याच गर्छ । सेन्डेलियर इयरिङ्स अझ ठूलो हुन पुगेको छ । सुन्दर ब्रासलेट्सको स्थान चंकी डायमण्ड र गोल्ड कफ्सले लिएको पाइन्छ । सोलिड नेकलेस र ककटेल रिङ्स पनि फेसन स्टेटमेन्ट बन्दै गएको छ । यो ट्रेन्डलाई रकिङ लुक प्रदान गर्न सिम्पल ह्वाइट ड्रेसमा ओभर द टप कलरफुल चोकर लगाउनुपर्छ वा ट्रेडिसनल लेहेंगामा ठूला ज्वेलरिज जस्तै नेकलेस, वेस्ट बेल्ट वा ट्रेडिसनल हेभी इयररिङ्स प्रयोग गर्नुपर्छ ।

-    फ्लोरल ज्वेलरिजबाट आफ्नो फेमिनेन लुकलाई ब्लसम गर्नुपर्छ । नेकलेस, कफ्स तथा रिङ्समा फ्लोरल मोटिफ्स प्रयोग गर्न सकिन्छ । डायमण्ड पेन्डेन्स र इयररिङ्समा पनि स्पार्कलिङ फ्लावर डिजाइन प्रयोग गर्न सकिन्छ । फ्लोरल प्रिन्ट्स विग हिट छ । फ्लोरल मांगरिका पनि हट ट्रेन्डका रूपमा देखिन्छ ।

-    एथनिक इन्डियन चिक पनि ट्रेन्डमा छ । ट्रेडिसनल ज्वेलरी जस्तै कुन्दन आदि लोकप्रिय रहने देखिन्छ । यो क्लासी देखिनुका साथै हरेक उमेरका महिलालाई सुहाउँदिलो हुन्छ । यो विशेषत: ट्रेडिसनल लेहेंगा वा अनारकलीका साथमा खुल्छ ।

-    कलर ब्लकको शैली ज्वेलरीमा पनि प्रयोग हुनसक्छ । न्युट्रल आउटफिटलाई फरक लुक दिन मल्टी कलर्ड ज्वेलरी लगाउनुपर्छ वा स्टेटमेन्ट पिसेस सलिड नियन्समा जस्तै फुसुया, पिंक, पपी, एलो वा पेरोट ग्रीन । यसमा आउटफिट र एसेसरिजको कलरको ओभरल्यापिङ्बाट जोगिनुपर्छ । ब्राइट स्टोन स्टडेड सिल्भर नेकलेस वा नवरल स्टि्रङ्स यो स्टाइलको राम्रो उदाहरण हो ।

-    ग्रीन यो सिजनको फेभरेट कलर हो, आफ्नो रुचि तथा पर्ल ज्वेलरिजलाई प्याक गरेर राख्नु उपयुक्त हुन्छ किनभने यो सिजन एमराल्डको नाममा छ । क्लासिक ग्रीनमा एमराल्डको ट्रेडिसनल सेट्स पनि प्रयोग गर्न सकिन्छ । ब्राइट्सदेखि लिएर डिप टोन्ससम्म आफ्नो नेकलेस, रिङ्स तथा ब्रासलेटमा समावेश गर्न सकिन्छ ।

 

 Image