Successfully Copied

मिसुमी

नेपालमा कोरियन कस्मेटिकहरूको बजार बिस्तारै बढ्दै गएको छ । कोरियन कस्मेटिकको नेपाली छालाका लागि पनि निकै सुहाउने खालका छन् ।

मिसुमी

आउटलेट : कुमारी पाटी ।

विशेषता : कोरियन ब्रान्डको आउटलेट  ।

नेपालमा कोरियन कस्मेटिकहरूको बजार बिस्तारै बढ्दै गएको छ । कोरियन कस्मेटिकको नेपाली छालाका लागि पनि निकै सुहाउने खालका छन् । मिसुमी कोरियन ब्रान्डेड कस्मेटिकहरूको शोरुम हो । यहाँ एटुड हाउस, स्किन फुड, दि फेस सप, टोनी मोली आदि कोरियन ब्रान्डका कस्मेटिक खरिद गर्न सकिन्छ । यसको पहिलो शोरुम सिभिल ट्रेड सेन्टरमा छ जहाँ यी कोरियन ब्रान्डका लिपिस्टिक, आइस्याडो, क्रिम, पाउडर तथा फाउन्डेसन खरिद गर्न सकिन्छ । कोरियाबाट प्रत्यक्ष रूपमा आयात गरिने भएकाले यी प्रसाधन नक्कली पर्ने सम्भावना छैन ।

इगल आइज फेसन हाउस

आउटलेट : नेक्स्ट टु विशालबजार न्यूरोड ।

विशेषता : साडी-ब्लाउज र लेहेंगा चोलीका लागि उत्कृष्ट गन्तव्य ।

यहाँ सुपथ मूल्यमा ग्राहकहरूको चाहनाअनुसार जापानिज, फ्रेन्च, इटालियन, सफ्टनेट आदि फेबि्रक खरिद गर्न सकिन्छ । यहाँ ५ हजारदेखि ७५ हजार रुपैंयाँका सेट उपलब्ध छन् । यहाँका लेहंेगा, साडी, ब्लाउज  तथा चोली ग्राहकहरूले बढी मन पराएका छन् । भारतीय दूतावासले दिएको ६ महिने डिप्लोमा कोर्सलाई २ वर्ष लगाएर विशेष तरिकाले फेसन डिजाइनिङ सिकेकी राधा ढकालले ३ वर्षअघि यो बुटिक खोलेकी हुन् । यहाँ राधा आफैं कपडा कटिङ, स्टिचिङ तथा डिजाइनिङ गर्छिन् ।

आमन्त्रण स्पा एण्ड सैलुन

आउटलेट : गैरीधारा

विशेषता :  स्पा तथा सौन्दर्य सेवाका लागि उपयुक्त गन्तव्य ।

गैरीधारास्थित आमन्त्रण स्पा एण्ड सैलुनको संरचना चित्ताकर्षक छ । यहाँको वातावरण खुल्ला तथा स्वस्थ छ भने कर्मचारीहरू हँसमुख तथा तालिम प्राप्त छन् । दुईतल्ले यो स्टोरको पहिलो तल्लामा सैलुन तथा दोस्रो तल्लामा स्पा छ । खुलेको चार महिनामै लोकप्रिय भएको यो स्पा एण्ड सैलुनमा हेयर कट, हेयर टि्रटमेन्ट, हेड मसाज, कलर, वाक्सिङ, पावर मास्क, बडी मसाज  तथा मेकअप आदि सेवा उपलब्ध छन् । यो स्पा हप्तामा सातै दिन खुला रहन्छ । यहाँ कार्डबाट पनि भुक्तानी गर्न सकिन्छ । निजी सामान राख्न व्यक्तिगत लकर तथा सेफ उपलब्ध गराइने यो आउटलेट वाइफाइयुक्त छ ।

हिपअप

आउटलेट : पोखरा ।

विशेषता :  एरोबिक तथा सबै थेरापीका लागि उत्कृष्ट ।

स्वस्थ जीवनका लागि व्यायाम आवश्यक छ । अहिलेको तनावयुक्त एवं व्यस्त जीवनमा त स्पा अनिवार्यजस्तै भएको छ । पोखरास्थित हिपअप क्लबमा स्पा, जिम, एरोबिक तथा अन्य व्यायामको प्रशिक्षण दिइन्छ । व्यायामपछि सौना तथा हाइजेनिक फुड खाने सल्लाह दिइन्छ । यहाँ कुशल प्रशिक्षकको रेखदेखमा व्यायाम गराइने हँुदा ग्राहकहरूले आफूले चाहेको परिणाम सहजै हासिल गर्न सक्छन् । सफा तथा अनुकूल सामग्रीले सुसज्जित हिपहपमा व्यायाम गर्दा निकै रमाइलो अनुभव हुन्छ । यहाँ पार्किङको राम्रो सुविधा छ । यहाँ एरोबिकका साथ गरिने स्टिम, वाथ, अकुप्रेसर थेरापी, इलेक्ट्रो अकुपञ्चर थेरापी, बायो थेरापी, चार्ट थेरापी, स्पा थेरापी आदि सबै सेवा उपलब्ध छन् ।

 

 Image